सम्बन्ध बिच्छेद गर्दा अदालतले पतिको भागमा भर्याङ र पत्नीलाई दोस्रो तला पारिदिएपछि

रुसको अदालतले सम्बन्ध बिच्छेदको विषयमा एक अनौठौ फैसला सुनाएको छ। अदालतले रुसको एक रईस दम्पत्तिको त्रीचको विवाद आलीशन बंगलाको कारण भएको थियो।

उनीहरुको दुई मिलियन पाउन्डको आलीशन बंगलाको बीच उत्पन्न विवादलाई समाधान गर्न अदालतले यस्तो आश्चर्यको फैसला गरेको छ। अदालतको फैसलापछि पनि दुवैजनाको समस्या भने समाधान भएको छैन्।

वास्तवमा अदालतले बंगला पति र पत्नीकोबीच बरारर भागमा बाड्ने फैसला दिएको थियो। बंगला आधा गर्ने अदालतको आदेशपछि बिल्डरले बंगलाको बीचभागमा एक ठुलो ढोका राखिदिएका छन्।

ढोका बनाएपछि ४५ वर्षीय पत्नी मार्गरीटा स्वित्नेन दोस्रो तलामा रहेको आफ्नो बेडरुममा जान पाएकी छैनन्। किनकी उनको बेडरुममा जाने भर्याङ उनको पतिको भागमा परेको छ।

यी दम्पत्तिको आलीशन बंगला मास्कोको रुब्लयोब्का सुबर्बमा रहेको छ। यस विवादपछि अदालतले मार्गरीटालाई भनेको छ, आफ्नो बेडरुममा जानलाई आफै भर्याङ बनाउनु।

मार्गरिटाले आफुसँग भर्याङ बनाउन पर्याप्त पैसा नभएको बताइरहेकी छिन्। १२ वर्षका सानो छोरा र एक छोरीकी आमा मार्गरीटाले बिल्डरमाथि अदालतले दिएको आदेशको पालना नगरेको पनि आरोप लगाएकी छिन्।

प्रतिक्रिया दिनुहोस