आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग

काठमाडौँ, असार ४ गते । नेपाल आयल निगमले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रका बाढीपीडितलाई ग्यास सिलिण्डर, चुल्हो र खाद्य सामग्री सहयोग गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं निगमका अध्यक्ष दिनेश भट्टराईले आज प्रभावित क्षेत्रका बासिन्दालाई २५० थान ग्यास सिलिण्डर, ३० ग्यास चुल्हो र खाद्यान्न हस्तान्तरण गर्नुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा उक्त सामग्री प्रभावितलाई हस्तान्तरण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । अविरल वर्षासँगै आएको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रका सयौँ घरमा क्षति पु¥याएको छ । बाढीबाट सो क्षेत्रका स्थानीयवासी विस्थापित भएका छन् । निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समस्यामा परेका नेपाली नागरिकलाई सहयोग गर्दै आएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नदीमा पानीको बहाव कम भएपछि स्थानीय र सुरक्षाकर्मीले डुबान क्षेत्रका घरबाट सामान निकाल्न सुरु गरेका छन्।
बिहान ११ बजेबाट सुरक्षाकर्मीको सहायतामा स्थानीयले डुबानमा परेका करिब १५० घर र पसलबाट सामान निकालिरहेका छन्। डुबानमा परेका घरभित्रका अधिकांश सामान काम नलाग्ने अवस्थाका छन्।

बिहीबार मध्यान्हबाट सामान निकाल्न सुरु गरे पनि पुनः बाढी बढेपछि स्थानीयको भागाभाग मच्चिएको थियो। सुरक्षाकर्मीले बिहीबार दिउँसो मेलम्चीको नयाँ बजार क्षेत्रलाई सिल गरेको थियो।

मंगलबार राति आएको बाढीबाट मेलम्ची नगरपालिकामा मात्रै ६०० परिवार प्रभावित भएका छन्। नगरपालिकाको मात्रै ३० करोडको सम्पत्ति बगाएको छ भने स्थानीयको घर र जमिन जोड्दा ३० अर्बभन्दा बढीको क्षति भएको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले नेपाल समयलाई जानकारी दिए।

प्रतिक्रिया दिनुहोस