ह्वात्तै घट्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको छैटो दिन अर्थात शुक्रबार (आज) पनि नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ।बिहीबार प्रतितोला १ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि प्रतितोला १२ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यो पनि पढ्नुहोस
आज शुक्रबार चम्किदैछ यी ८ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक…संसद् विघटनबारे राष्ट्रपति कार्यालयले पठायो सर्वोच्चलाई जवाफ…त्यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो।लामो समयको कोरोना महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस