गंगा नदीमा तैरिदै आएको काठको बाकसमा फेला परिन् २१ दिनकी बालिका

एजेन्सी । भारतको गाजीपुर स्थित गंगा नदीमा मंगलवार निकै अनौठो घटना भयो । गंगामा एउटा काठका बाकस बग्दै आएको थियो । त्यो काठको बाकस अचम्मको लागेर डुंगा चलाउनेले बाकस वाहिर निकाले । जव उनले बाकस भित्र नवजात शिशु देखे डुंगा चलाउने ब्यक्तिको होस उड्यो ।

बाकसमा एउटा कागज पनि थियो । जसमा बालिकाको जन्मकुण्डली पनि राखिएको थियो । बाकसलाई भगवानको तस्बिरहरुले सजाइएको थियो भने बालिकालाई पनि भगवानहरुमा चढाउने चुनरीमा राखिएको थियो ।

ति डुंगा चलाउने ब्यक्तिले बाकस लिएर घर गए । उनले ति बालिका आफैले पाल्न चाहेका थिए तर कसैले प्रहरीलाई खबर गरिदियो । खबर पाउने बित्तिकै पुलिस तुरुन्त त्यहाँ पुगे र बालिकालाई आशा ज्योति केन्द्रमा लगे । अहिले बालिका पूर्णरुपमा स्वास्थ्य भएको बताइएको छ ।

दादरी घाटमा बस्ने नाविक गुल्लू चौधरीले बालिकालाई नदीमा फेला पारेका थिए । उनले मंगलबार साँझ नदीको किनारमा एउटा काठको बाकस भेट्टाए। जब हामी त्यस बाकसमा गयौं, एक बच्चा रोइरहेको आवाज यसबाट आयो। घाटमा त्यहाँ धेरै व्यक्तिहरू थिए उनले भने। म बाकसको नजिक गएँ किनारामा ल्याए जब सबैले बाकस खोले र देखे, म लगायत सबै छक्क पर्यौँ ।

किनभने बाकस भित्र एउटा सानी बालिका थिइन् । बालिकासंगै राखिएको जन्मकुण्डलीमा उनका नाम पनि गंगा लेखिएको थियो । जन्मकुण्डली अनुसार उनी २१ दिनकी छन् । प्रहरीले बालिकाको परिवारको खोजी सुरु गरेको छ । उत्तर प्रदेश सरकारले उनको पालनपोषणको जिम्मेवारी लिने भएको छ । मुख्यमंत्री योगी आदित्यनाथले बालिकालाई धर्मपुत्री बनाउने घोषणा गरेका छन्। ति बालिकालाई फेला पार्ने डुंगा चालकलाई पनि सुविधाहरु दिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस