तुलसीको पातका ७ अद्भूत फाइदा, घाउ तथा सुन्निएको समस्या हुन्छ दूर

काठमाडौँ । घर आगनमा आफै उम्रने तथा हिन्दुहरुले नित्य पूजा गर्ने तुलसी बहु उपयोगी औषधीय गुणयुक्त वनस्पती हो ।यसको प्रयोगले कैंयौ प्रकारका जटिल रोगसहित साधारण स्वास्थ्य समस्या समेत निको हुन्छ।

१) तुलसीमा कीटनाशक शक्तिहुने भएकाले तुलसीको पातको लेदो बनाई घाउ, सुन्निएको तथा दुखेको ठाउँमा लेपको रूपमा लगाउँदा लाभ मिल्छ ।

२) ५ देखि १० एमएल तुलसीको पातको रससंग महमिसाएर दिनको दुईदेखि तीन पटकसम्म सेवनगर्दा रुघाखोकि, चिसो, दम, निमोनियालगायतका समस्यामा प्रभावकारी हुन्छ ।

३) बच्चाहरुमा हुने साधारण पेट दुखाई, अपच, अरुचिलगायतका समस्यामा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा तुरुन्तै फाइदा मिल्दछ ।

४) मधुमेह तथा पिसाब सम्बन्धी रोगमासमेत तुलसीको बीउलाई पिसेर लेदोबनाई दैनिक १–३ ग्रामसम्म दुईपटक सेवनगर्दा लाभ मिल्दछ ।

५) विषम ज्वरो होस् वा अन्य रुघाखोकी यस्तोमा पनि तुलसीको पात चपाएर सेवन गर्दा फाइदा पुग्दछ।

६) घाँटी दुखुको वा घाँटीमा बिमिरा आएको बेला तुलसी, बेसार र नुन उमालेर सेवन गरेमा एक दिनमै घाँटी दुखेको निको हुन्छ।

७) कुनै रोग नभएको अवस्थामा पनि तुलसीको ३–४ वटा पात चपाएर दिनमा २–३ पटकसम्म त्यसै वा तातो पानीसँग पनि सेवन गर्दा शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढ्दछ ।

प्रतिक्रिया दिनुहोस