युरोकप २०२० – जर्मनी द्वारा पोर्चुगल पराजित, खेलमा बने यस्ता रेकर्ड

काठमाडौं । जारी युरोकप २०२० को शनिवार भएको खेलमा जर्मनीले पोर्चुगललाई पाखा लगाउदै अर्को चरण प्रवेशको आशलाई जिवितै राखेको छ । हिजो भएको खेलमा जर्मनीले साविक बिजेता पोर्चुगललाई ४-२ गोलअन्तरले पाखा लगायो ।

खेलमा अग्रता लिएको पोर्चुगलले आफ्नो अग्रतालाई जोगाउन नसक्दा खेलको नतिजा उल्टिएको थियो ।

पोर्चुगलले १५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । तर पछि ४ मिनेटको अन्तरालमा पोर्चुगलले २ आत्माघाती गोल गरेर अग्रता गुमाएको थियो ।

रुबिन डियास र राफायल गुरेरोले पोर्चुगलका लागि आत्मघाती गोल गरेका थिए । योसँगै पोर्चुगल यूरो वा विश्वकपमा एकै खेलमा दुई आत्मघाती गोल गर्ने पहिलो युरोपियन टोली बनेको रेकर्ड राखेको थियो ।

पोर्चुगलको आत्माघाती गोलबाट फाईदा उठाउने र आत्माघाती गोल पनि गर्ने टोली बनेको छ ।
गोलको अग्रता लिएको जर्मनीका लागि तेस्रो गोल रोबिन्स गोसेन्सले गरेका थिए । पोर्चुगलले हालसम्म दुई पटक मात्र मुख्य प्रतियोगितामा गोल खाएको छ र दुबै पटक जर्मनी सँग खाएको हो ।
पोर्चुगलका लागि ६७ औं मिनेटमा गोल गरेपनी हार भने टार्न सकेनन् र पोर्चुगलले हाल ब्यहोर्नुपर्यो ।

ग्रुप अफ डेथ मानिएको समूह एफमा फ्रान्स ४ अंकसहित शीर्ष स्थानमा रहेको छ भने जर्मनी र पोर्चुगलको समान ३ ३ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस