काठमाडौंमा निषेधाज्ञा भोली सकिदै,७ देखि १० दिन थप गरिने (यी क्षेत्रमा खुकुलो बनाईने)

काठमाडौं । उपत्यकाकामा ७ दिनदेखि १० दिनसम्म निषेधाज्ञा बढाउने तयारी थालिएको छ । संक्रमण दर घट्दै गएपनि उल्लेखीय मात्रमा नघटेका कारण निषेधाज्ञा थप्न लागिएको हो ।

यस पटक थप गरिने निषेधाज्ञामा समय हेरेर होलसेल पसल फेन्सी पसल भाँडा पसल लगायतका क्षेत्रहरु पनि खुलाउने तयारी थालिएको छ ।
यस बाहेक गिभ एण्ड अवे अर्थात् बसेर खुवाउने गरि लकडाउन खुलाउने बारे छलफल जारी रहेको छ ।

अबको लकडाउनमा निजि सवारी साधन पनि जोर बिजोर प्रणालीमा संचालन हुन दिने गरि छलफल भइरहेको छ ।

तर यस विकल्प बारे भने तत्काल निर्णय नहुन सक्ने काठमाडौं महानगरपालीकाका सिडिओ कालीप्रसाद पराजीले जानकारी दिए ।

अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निषेधाज्ञाको मोडालिटी परिवर्तन गरिने काठमाडौं का प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस