कोरोना संक्रमणबाट पूर्वराज्यमन्त्री बिष्टको निधन

काठमाडौं ।कोरोना संक्रमणका कारण नेपाली कांग्रेसका पूर्वराज्यमन्त्री तप्त बहादुर बिष्टको निधन भएको छ । कोरोना संक्रमण भएपछि सुर्खेतमा उपचार गराईरहेका बिष्टको स्वास्थामा थप जटिलता देखिएपछि ललितपुर स्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।
बिष्ट लामोसमय सुर्खेतका कांग्रेस जिल्ला सभापती भएका थिए । उनि बि.स २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकार हुँदा सञ्चार तथा प्रविधि राज्यमन्त्री बनेका थिए ।
मृतक बिष्टको आज नै अन्तिम दहासंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस