बाबुरामको ट्विट – टाउकाको औषधी नाइटोमा लगाएर हुन्न

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता सामाजवादी पार्टी नेपालका संघिय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले रोचक ट्विट् लेखेका छन् ।उनले अहिले देशमा देखिएको संकटको कारण राजनैतिक पार्टीको नेतृत्वमा देखिएको स्खलनले भएको बताएका छन् । उनले समाजिक संजाल ट्विटर मा लेखेका छन् ।

भनिन्छ टाउको दुखेको औषधी नाइटोमा लगाएर हुन्न । अहिले देखिएको राजनैतिक संकट र देशको समस्या नै राजनैतिक पार्टीको नेतृत्वमा देखिएको स्खलन हो ।
उनले थप लेखेका छन् ‘ कांग्रेस कांग्रेस नहोस एमाले अनि कम्युनिष्ट कम्युनिष्ट नरहनुहोस कि त अहिलेको पद्दतीलाई आमुल परिवर्तन गर्ने आँट गरौँ ।

मौसम पूर्वानुमानः चट्याङसहित भारी वर्षाको सम्भावना
काठमाडौं, ६ असार । आज देशका धेरै भूभागमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भने, हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ ।

महाशाखाका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका प्रदेश १, प्रदेश २ र सुदुरपश्चिम प्रदेशको थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन चट्याङ सहित भारी वर्षा साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षा को सम्भावना छ ।

यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन चट्याङसहित भारी वर्षा साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस