अल्पमतको सरकारले ल्याएको बजेट मान्य नहुने भन्दै लुम्बिनीमा बिपक्षीद्वारा प्रदेशसभा बहिस्कार

काठमाडौं । मुख्यमन्त्री शंखर पोखरेल अल्पमतमा रहेको र असंवैधानिक ढंगबाट लुम्बिनीमा बजेट ल्याईएको भन्दै विपक्षी गठबन्धनले प्रदेशसभा बहिस्कार गरेका छन् ।
आइतबारका लागि तय भएको प्रदेश सभामा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष लगायतको विपक्षी गठबन्धनले बैठक बहिस्कार गरेको लुम्बिनी प्रदेशका सांसद सुदर्शन बरालले जानकारी दिए।

मुख्यमन्त्रीको सरकार अल्पमता छ अल्पमतमा परेको सरकारले ल्याएको बजेट संबैधानिक हुन्छ र ? बरालले प्रश्न गर्दै भने अल्पमतको सरकारले ल्याएका हरेक कार्यक्रम अल्पमतमै हुन्छन् त्यसैले बजेट माथि छलफल हुन नसक्ने भन्दै हामीले प्रदेशसभा बहिस्कार गर्यौँ ।

मुख्यमन्त्री पोखरेलले संविधानको धारा ६८ को १ अनुसार सरकारको दाबी गरे पनि जसपाका केही नेताहरु समेत सरकारमा रहेकाले त्यो ६८ को २ अनुसारको सरकार भएको भन्दै विश्वासको मत लिन विपक्षी गठबन्धनले माग समेत गरेको छ।

विपक्षी गठबन्धनले मुख्यमन्त्री आफैँ अल्पमतमा रहेका ले अब राजीनामा दिएर पुंन विश्वासको मत लिन सके मात्र उहाँका कार्यक्रम बैधानिक हुन्छन् भन्दै चाँडो प्रदेशसभाबाट विश्वासको मत लिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस