विपक्षी गठबन्धनको बैठक जारी, एकता नगरी बिपक्षी गठबन्धनलाई दर्हो पक्षमा माधव नेपाल

काठमाडौं । केपि ओली सरकार विरुद्द रहेको विपक्षीको संयुक्त गठबन्धनले एमाले नेता माधव नेपाललाई सरकार सँग एकता गर्न नजान प्रस्ताव गरेको छ ।सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा लडिरहेको विपक्षी गठबन्धनको बैठक कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी छ ।

विपक्षी गठबन्धनलाई थप बलियो बनाउन यतिबेला कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव समूह र एमालेको माधव नेपाल समूहका नेताहरु छलफलमा जुटेका हुन् ।
सर्वोच्च अदालतमा असार ९ देखि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाई शुरु हुन लागेका बेला विपक्षी गठबन्धनलाई थप दर्हिलो बनाउन विपक्षी गठबन्धन जुटेको हो ।
माधव नेपालले गठबन्धनलाई धोका दिएर केपी ओलीसँग नमिल्ने वचन दिएका छन् ।माधव पक्षकै दोस्रो तहका नेताहरु पार्टीलाई जेठ २ मा फर्काउन ओली तयार भएको अवस्थामा एमाले एकता कायम गर्न लागिरहेका बेला नेपालमाथि गठबन्धन नतोड्न दबाब छ ।

अहिले जारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउबा , पुष्पकमल दाहल प्रचण्च पुर्णकुमारी खड्का नारायणकाजी श्रेष्ठ देव गुरुङ् लगायतका नेता सहभागी छन् । माधव नेपाल र भीम रावल पनि सो छलफलमा सहभागी छन् ।

त्यस्तै बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव, डा.बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी रहेको कांग्रेसका एक नेताले बताए । माधव नेपाल र भीम रावल पनि सो छलफलमा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस