शकिरीको दुई गोल स्वीटजरल्याण्डको जीत

काठमाडौं । युरोकप २०२० को हिजो भएको खेलमा स्वीटजरल्याण्ड बिजयी भएको छ ।शेर्डन शकिरीको दुई गोलप्रेरित स्वीट्जरल्यान्डले युरो २०२० अन्तर्गत समूह एको अन्तिम खेलमा टर्कीलाई ३-१ गोलको नतिजामा पराजित गरेको हो ।

हिजो अजरबैजानको जाकुमा भएको खेलमा छैठौं मिनेटमा ह्यारिस सेफेरोभिचले गोल गर्दै स्वीस टोलीलाई अग्रता दिलाएका थिए ।२६औं मिनेटमा शकिरीले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

२ गोल खाएको टर्की फस्ट हाफमा २-० ले पछाडी परेको थियो ।पहिलो हाफमा २-० ले पछिपरेको टर्कीका लागि इर्फान खभेचीले ६२औं मिनेटमा एक गोल फर्काएका थिए ।
तर खेलको ६८ औं मिनेटमा पुंन स्वीटजरल्याण्डका लागि गोल गर्दै आफ्नो पक्षमा खेल शुरक्षित गरे ।

जीत निकाले सँगै स्वीटजरल्याण्डले नकआउटका लागि आश जिवितै राखेको छ ।यद्यपि, स्वीट्जरल्यान्डले अन्य समूहका खेलको नतिजा कुर्नुपर्नेछ ।टर्की भने हारसँगै अंकबिहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

आज निर्जला एकादशी, घर घरमा तुलसीको बीउ रोपिदै

आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी वैदिक सनातन धर्मावलम्बीले आज आआफ्ना घरको मठमा तुलसीको बीउ राख्दै छन्। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ। त्यसदिनलाई तुलसी बिबाह पनि भन्ने गरिन्छ जहाँ तुलसीलाई पालनपोषण गरेर दामोदर सँग बिबाह गरेको मानिन्छ । यो अवधीको चार महिनालाई चतुर्मास भन्ने गरिन्छ

आज निर्जला एकादशीमा रोपिएको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ।

आयुर्वेदका अनुसार कोभिड संक्रमण कालमा पनि तुलसी सेवन गर्नाले वा घरमा बिरुवा रोप्नाले स्वस्थ रहने र कोभिड सँग लड्न सकिने विश्वास छ ।

आज नुहाई धुवाई गरेर दान गरेमा मोक्ष प्राप्त हुने धार्मिक जनविश्वाश चलिआए छ । आज निर्जल अर्थात् पानी सम्म नखाई व्रत बस्ने चलन छ । आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ। तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ। तुलसी लाई हिन्दु धर्मावलम्वीहरुले देवताको रुप आफ्नो घर आगनमा मोठ बनाई रोप्ने गर्दछन् नेपालको ग्रामिण भेगमा अधिकांशले सामान्य बिरामीको उपचार गर्नु परे तुलसी नै प्रयोग गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस