रुप फेर्यो कोरोनाको डेल्टा भेरियन्टले ,नेपालमा पनि ९ जनामा पुष्टि

पछिल्लो समय कोरोनाको विभिन्न भेरियन्टहरु देखा परेका छन् । कोरनाको फेरिरहने रुपलाई वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । जसलाई चित्कित्सकको भाषामा होल जिन स्वीक्वेन्सिङ भनिन्छ । यसले कोरोनाको म्युटेशन पनि थाहा पाउने गर्छ ।दक्षिण अफ्रिकि भेरियन्ट युके भेरियन्ट ब्राजिलियन भेरियन्ट र भारतको डबल म्युटेन्ट भेरियन्ट पनि यहि प्रविधीबाट पत्ता लागेका हुन् ।

यहि प्रविधीबाट अनुसन्धान गर्दा नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टको नयाँ म्युटेन्ट रहेको पाइएको छ । नेपालमा डेल्टाको नयाँ म्युटेशन देखिएको कुरालाई स्वास्थ मन्त्रालयले पनि पुष्टी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले डेल्टा भेरियन्टको नयाँ म्युटेन्ट भेटिएको बताएका हुन् ।देशभरबाट ४७ जनाको नमुना लिँदा ९ जनामा डेल्टाको नयाँ म्यटेशन भेटिएको हो । नयाँ म्युटेशन भएको भाईरसको नाम प्द्धज्ञठल् राखिएको छ ।

विश्वका १० देशमा अहिलेसम्म डेल्टाको नयाँ म्युटेशन फेला परेको छ ।
डेल्टा भेरियन्ट ८० देशमा र अल्फा भेरियन्ट १६४ देशमा देखिएको छ । नेपालमा डेल्टा भेरियन्ट बढी फैलिएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालले विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त भारतको इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टिग्रेटेड बायोलोजी ल्याबमा गरेको जिन सिक्वेन्सिङ गरिएको थियो ।यहिँ डेल्टाको नयाँ म्युटेशन बारे पत्ता लागेको हो

प्रतिक्रिया दिनुहोस