टुटल र पठाओले भोलीबाट सेवा सूचारू गर्ने

काठमाडौं । भोलीदेखि पठाओ र टुटल जस्ता सेवा सञ्चालनमा आउने भएको छ । आजबाट निषेधाज्ञाको अर्को अंश सुरुभएसँगै जोरबिजोर प्रणालीमा यातायात सञ्चालन भएसँगै बन्द भएको राइड सेयरिङ सेवा जोर-विजोर प्रणाली लागू भएसँगै सञ्चालनमा आउने भएको हो ।

पठाओका क्षेत्रिय निर्देशक अशिममान सिंह बस्नयातले दिएको जानकारी अनुसार भोलीबाट माक्स स्यानिटाईजर प्रयोग गरेर पठाओले सुविधा दिन लागेको छ ।
आज राति १२ बजेदेखि राइड सेयर सुरु गर्ने तयारी छ ।त्यस्तै टुटलले पनि भोलिदेखि सेवा सुरु गर्न सम्पूर्ण तयारी गरिसकेको जनाएको छ ।टुटलका संस्थापक सिक्षित भट्टले टुटलले पनि सेवा सूचारू गर्ने तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस