सर्वोच्चमा लुम्बिनीका ४ सांसद्को पूर्ण सुनुवाई असार २१ गते

काठमाडौं । जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशका चार संसद्को पद रहने वा नरहने भन्ने मुद्दाको पूर्ण सुनुवाईका लागि असार २१ को समय तोकिएको छ ।

लुम्बिनमा जसपाका कारबाहीमा परेका ४ जना सांसद्लाई सर्वोच्चको अन्तरिम आदेशपछी पुनर्वहाली भएका थिए । अदालतले प्रदेश निर्वाचन आयोग लुम्बिनीको लिखित जवाफ म्यादभित्र पेस नभएको र अन्यको लिखित जवाफ पेस भइसकेको भन्दै सर्वोच्चले असार २१ गते पूर्ण सुनुवाइको आदेश दिएको छ ।
आजको इजलासमा न्यायधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुँयालको इजालसले यस्तो आदेश दिएको हो । लुम्बिनीमा जसपाका ६ सांसद् छन् जसमध्ये महन्थ ठाकुर पक्षका ४ जनालाई यादव पक्षले कारवाही गरेको हो । उनिहरु अहिले लुम्बिनी प्रदेश सरकारको मन्त्रालय सम्हालछन् ।

प्रतिक्रिया दिनुहोस