जारी कोपा अमेरीकामा अर्जेन्टिना क्वाटरफाइनलमा

काठमाडौं । जारी दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकामा अर्जेन्टिना बिजयी भएको छ । अर्जेनटिनाले पाराग्वेमाथि १-० को जित हासिल गरेको छ । यो जितले अर्जेन्टिना समूह ए बाट क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

केहिबेरअघि सम्पन्न खेलमा अर्जेन्टिनाका लागि अलेजान्द्रो गोमेजले दशौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले एंगेल डी मारियाको पासमा गोल गरेका थिए । यसअघि समूह ए को पहिलो खेलमा अर्जेन्टिनाले पारग्वे सँग बराबरी खेलेको थियो । भने दोस्रो खेलमा उरुग्वेलाई १-० ले हराएको थियो । उसले ३ खेलबाट ७ अंक जोडेको छ ।

दुई खेल खेलेको पाराग्वेको भने ३ अंक छ । उसले पहिलो खेलमा बोलिभियालाई पराजित गरेको थियो । आज विहानै भएको यही समूहको अर्को खेलमा चिली र उरुग्वेले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

 

प्रतिक्रिया दिनुहोस