ओलीको भ्याकेटमा आज सुनुवाई को को छन् इजलासमा ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चमा दिएको भ्याकेट निवेदनमाथी आज सुनुवाई हुदैछ । यसअघि कर्णाली प्रदेशका प्रकाश ज्वाला,नन्दसिंह बुढा,कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै महाधिवेशन आयोजक कमिटीले कारवाही गरेको थियो ।

कारवाही विरुद्ध चारैजना प्रदेश सांसद सर्वोच्च गएपछि उक्त कारवाहीलाई सर्वोच्चले अस्वीकार गर्दै महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने आदेश दिएको थियो ।  आजको सुनुवाइका लागि न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयाँलको पेशी तोकिएको छ ।

यसअघि कर्णाली संसद्को पुर्नबहाली सम्वन्धी मुद्दामा यसअघि प्रधानमन्त्री केपि शर्मा ओलीले आइतवार भ्याकेट निवेदन दिए । भ्याकेट निवेदनमा ओलीले एमालेको केन्द्रीय कमिटीलाई नै दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिमा परिणत गरेको भन्दै कारवाहीलाई मान्यता दिन ओलीको माग छ ।

 

प्रतिक्रिया दिनुहोस