दोस्रो विश्वयु’द्धमा ब’हादुरी प्रदर्शन गरेवापत गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा सन्चालन

लण्डन । दोस्रो विश्वयु’द्धमा अद्वितीय प’राक्रम प्रदर्शन गरेवापत बेलायतको प्रतिष्ठित भि’क्टोरिया क्रस (भिसी) पाएका गोरखा सैनिक तुलबहादुर पुनको नाममा बुधबारदेखि बेलायतमा रेल सेवा सन्चालन हुने भएको छ ।

बेलायतको प्या’डिङटन रेलवे स्टेशनमा बुधबार बिहान ९२३ जुन० हुने एक समारोहमा रेलवे सन्चालक ग्रेट वे’स्टर्न रेलवेले भिसी पुनको नाममा एक रेल सेवाको नामकरण गर्ने भएको हो ।भिसी पुनका सुपुत्र अर्जुन तिलिजाले बुधबार बिहानको सो कार्यक्रमका लागि आफूहरुलाई निमन्त्रणा प्राप्त भएको बताए ।

भिसी पुनले भिक्टोरिया क्रस पाएको दिनको अवसरमा बेलायतको पश्चिमी क्षेत्रमा एक शहरलाई अर्को शहरसित जोड्ने रेलवे सेवाको नाम पुनको नाममा गर्न लागिएको हो ।सो समारोह पुनले भिसी पाएको ७५ वर्ष पुगेको अवसरमा पोहोर साल नै गर्ने योजना बनाइएको भए पनि को’रोना महामारीका कारण एक वर्ष स्थगन गरिएको जानकारी पनि तिलिजाले दिए ।

सो नामकरण समारोहमा ख्यातिप्राप्त अभिनेत्री जोअना लम्ले साथै भिसी पुनका परिवारका सदस्यहरुको उपस्थितिमा हुने बताइएको छ ।भिसी पुन दोस्रो विश्वयु’द्धमा भिक्टोरिया क्रस पाउँदा २१ वर्षका मात्र थिए । उनले दोस्रो विश्वयु’द्धमा ब’हादुरी र साहस प्रदर्शन गरेवापत सो पदक दिइएको हो ।

गोरखा सैनिकहरुले हालसम्म १३ वटा भिक्टोरिया क्रस पाएका छन् ।ग्रेट वेष्टर्न रेलवेका बाह्य सन्चार प्रमुख डान पान्सले भनेका छन्, ”भिसी तुलबहादुर पुनलाई सम्मान गर्न पाउँदा हामीलाई हर्ष लागेको छ ।”गोरखा वे’लफेयर ट्रष्टका आडम बेन्थामले भने, ” गोरखा सैनिकहरुले पूर्वी क्षेत्रको ल’डाइँमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र बर्मामा मात्र सात वटा भिक्टोरिया क्रस पाएका थिए ।”

तीमध्ये भिसी तुलबहादुर पुन पनि एक थिए । ”हाम्रो देशले गोरखाहरुको धेरै ऋण तिर्नुछ र भिसी तुलबहादुर पुनको बहादुरीलाई यसरी सम्मान गरिनु सच्चा सम्मान हो”, उनले भने ।गोरखा वे’लफेयर ट्रष्टका संरक्षक जोअना लुम्लेले भनिन्, ‘म भिसी लछिमन गुरुङ र तुलबहादुर पुन जसले बर्मामा मेरा पिताजीसित ल’डे, उनीहरुसितको भेट कहिल्यै बि’र्सदिनँ । हाम्रो स्वतन्त्रताको र’क्षाका लागि नियमित ड्यू’टीभन्दा माथि उठेर ल’ड्ने गोरखाहरुप्रति हाम्रो ठूलो ऋण छ ।’

प्रतिक्रिया दिनुहोस