ग्याष्ट्रिक तथा कोलस्ट्रोल भएका बिरामीका लागि गुन्द्रुक खानुका यति धेरै फाइदाहरु ! सबैले जानी राखौं

एजेन्सी । हाम्रो नियमित खानामा पनि रोगका जीवाणुहरू वृद्धि हुन्छन् । ती जीवाणु र तिनले उत्पादन गरेका विभिन्न रसायनले झाडापखाला लगाउने, बान्ता गराउने, पेट दुखाउने तथा खानाको विषाक्तता गराउँछ ।

हामीले प्रदूषित खाना वा पानी खाएमा यसमा भएको ब्याक्टेरिया, परजीवी, भाइरस तथा विषादीहरूले खानाको विषाक्तता हुन्छ । खानाको विषाक्ततामा प्रदूषित खाना, पानी खाएको ४८ घन्टाभित्रमा वाकवाकी लाग्ने, बान्ता हुने पेट दुख्ने र दिसा लाग्नेजस्ता समस्याहरू देखिन सक्छ ।

यी लक्षणहरू उही खानेकुराहरू खाएका सबैमा वा कुनै एक व्यक्तिमा पनि देखिन सक्छ । प्रायः खानाको विषाक्तता भोजभतेर, विद्यालय, सामाजिक कार्यक्रमहरू तथा रेस्टुरामा खाँदा हुन्छ ।

खानेकुराहरू प्रदूषित हुनुको मुख्य कारणहरू फोहोर ठाउँमा खानाहरू राख्ने, राम्रोसँग नपकाउने वा आफू स्वयंले सरसफाइमा ध्यान नदिनु नै हो राम्रोसँग प्याक नगरेको खाद्यान्नको प्रयोग र उचित तापक्रममा खानेकुराहरू नराख्नाले पनि खानाको विषाक्तता हुन सक्छ ।

खानाको विषाक्तता ब्याक्टेरिया, भाइरस परजीवी र विषादीका संक्रमणले गर्दा हुन्छ । ब्याक्टेरियाको प्रवेश खानेकुरामा निम्न कारणले गर्दा हुन्छ । फुड पाेइजन विभिन्न ब्याक्टेरिया तथा भाइरसका साथै त्यसबाट उत्पन्न भएका विषबाट हुने गर्छ । फुड पाेइजनका जिवाणुहरु नोरो भाइरस, सालमोनेला,कम्पेलोब्याक्टर, इकोलाई टोक्सोप्लाज्मा गोडी आदि हुन् ।

याे समस्या नेपालमा पनि हरेक वर्ष देखिने गरेकाे पाईन्छ । फुड पाेइजनकाे मुख्य कारण कुन जीवाणु हाे त्याे भन्ने अहिले सम्म यकिन भएको पाइँदैन । विशेषगरी अस्वस्थकर खानपानबाटै फुड प्वाइजनिङ भएको पाईन्छ । खानामा संक्रमण भएको केही घण्टादेखि केही दिनमा यसका लक्षण देखिन्छ ।

प्रतिक्रिया दिनुहोस