प्रतिनिधी सभा विघटन विरुद्दको मुद्दामा आजबाट सुनुवाई हुने

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धमा परेको रिटमा आजदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । यसअघि प्रतिनिधी सभामा रहेका १४६ जना सांसद्ले प्रतिनिधी सभा विघटनलाई बदर गरि कांग्रेस सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अनुरोधमा राष्ट्रपतिले संसद् विघटन गरेपछी सर्वोच्चमा ३० रिट परेका छन् । त्यसमध्ये १४६ सांसदले दिएको रिटमा पहिलो सुनुवाइ हुने भएको छ । यस मुद्दाको सुनुवाईमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा सहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित छन् । यससम्बन्धी मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलास गठन गरेका छन् ।

यो पनि पढ्नुहोस

वामपन्थी,लोकतान्त्रीक शक्ति एक हौँ -माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सामाजिक संजालमा स्ट्याटस लेख्दै वामपन्थी शक्ति एक हुनुपर्ने बताएका छन् । उनले सम्पूर्ण वामपन्थी लोकतान्त्रिक र परिवर्तनकारी शक्ति एक हुन आह्वान गरेका छन् । एकतावद्ध पार्टी र आन्दोलन बनाउन सबै लाग्नुपर्नेमा उनको जोड छ ।

उनले लेखेका छन् , ‘संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो, जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी ‘नेकपा’ बनेको थियो । तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा (एमाले) लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दैछन् ।’

सरकार र पार्टीको पदको दुरुपयाग गरेर पटक-पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तव्यमा नपुर्याउने उनको टिप्पणी छ । उनको यस किसिमको स्ट्याटसले एमाले एकताको जग खन्ने काम गरेको धेरैले तर्क गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस