सुगर देखि हाडजोर्नीको दुखाइसम्मका लागि अमृत समान हुन्छ यो फूल ! सबैले जानी राखौं

एजेन्सी । हाम्रो वरिपरिका वनस्पतिबाट हाम्रा पूर्वजहरुले औषधि बनाउँथे र तिनै वनस्पतिको प्रयोगले नै निको पनि हुन्थे । ती वनस्पतिहरुले कुनै नकारात्मक असर पनि नगर्ने हुनाले मानिसहरु स्वस्थ रहन्थे र उनीहरुको आयू पनि लामो हुने गर्थ्यो । हामीले प्रयोग गर्ने औषधि तिनै वनस्पति प्रयोग गरेर बनाइएका हुन्छन् , तर ती औषधिहरुमा रसायन पनि प्रयोग गरिएको हुन्छ जसले गर्दा हाम्रो शरीरमा नकारात्मक असर गर्छ र अरु विभिन्न रोग उब्जाउँछ ।

कनेर एक किसिमको फूल हो । यो हिमाली क्षेत्रमा अर्थात चिसो ठाउँमा पाइन्छ । यो फूल सेतो, रातो, पहेंलो लगायत रंगमा हुन्छ । यो फूल विशेष गुणहरुले भरिपूर्ण फूल हो । यो फूल यति कडा हुन्छ कि, यसको वरिपरि सर्प आउँदैन । सर्प, विच्छी आदि विषालु किराले टोकेको ठाउँमा यो फूल लगाउनाले निको हुन्छ ।

यसको लागि फूललाई मिचेर त्यसको सेतो पदार्थ निकाल्नुपर्छ । किराले टोकेको संगै यस फूलको रसले काटेको, पोलेको लगायत अन्य घाउलाई पनि निको पार्छ । यो फूल हरेक जसो बिमारको लागि औषधि मानिन्छ ।

करेन फूल मधुमेह जस्तो रोगको लागि पनि औषधि हो । मधुमेह रोग भएका व्यक्तिले यो फूलको रस पिउनाले मधुमेह कन्ट्रोलमा आउन थाल्छ, साथै यसले छाती समबन्धि समस्या पनि कम गरिदिन्छ । यो फूललाई लेप बनाएर जोर्नीमा लगाउनाले जोर्नी दुख्ने समस्या कम हुँदै जान्छ ।

यो रसलाई लगाउने या त फूललाई थिचेर पेस्ट बनाएर अनुहारमा लगाउने गर्नाले अनुहारको जस्तोसुकै दाग पनि हट्छ र अनुहार सफा तथा चम्किलो हुन्छ । अनुहारको साथै कपालको लागि पनि यो फूल औषधि सावित हुन्छ । यो फूललाई केरा र तिल संग मिलाएर लगाउनाले कपाल झर्ने समस्या हट्दै जान्छ । यसको रस कपालमा लगाउनाले कपाल फुल्ने क्रम पनि कम हुँदै जान्छ।

प्रतिक्रिया दिनुहोस