सुरूभयो प्रतिनिधी सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाई

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । यसअघि प्रतिनिधी सभाका १४६ सांसद्ले प्रतिनीधी सभा विघटनको निर्णयलाई बदर गरियोस् भन्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । १४६ सांसद्को संयुक्त रिट निवेदन बाहेक सर्वोच्चमा प्रतिनिधी सभा विघटन सम्वन्धी ३० ओटा रिट परेका छन् ।

जसमध्ये १४६ सांसद्ले दिएको रिट निवेदन उपर पहिला सुनुवाई हुने भएको हो । यससम्बन्धी मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलास गठन गरेका छन् । संवैधानिक इजलासमा राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित छन् ।
आज शेरबहादुर देउवाको तर्फबाट वरिष्ठ अधिवक्ता सम्भु थापा, गोविन्द बन्दी, महादेव यादव तथा बद्री बहादुर कार्कीले बहस गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस