दक्षिणकालीमा मृत भेटिएकी युवती सन्तोषी सुब्बा रहेको प्रहरीको पुष्टि

काठमाडौं । दक्षिणकालीमा मृत भेटिएकी युवती सन्तोषी सुब्बा भएको खुलेको छ । उनको शव प्रहरीले मंलगबार साँझ दक्षिणकाली मन्दिरनजिक रहेको एक सार्वजनिक शौचालमा भेट्टाएको थियो ।

काठमाडौं प्रहरी वृतले दिएको जानकारी अनुसार काठमाडौं कालोपुल बस्दै आएकी सन्तोषीको हत्यापछि शौचालयमा शव फालेको पुष्टि भएको हो । उनी सामाजिक सञ्जालमा विभिन्न क्रियाकलापमा सक्रिय युवती भएको सिंहले बताए । प्रहरीका अनुसार सन्तोषीको घाँटी र टाउको गम्भीर चोट लागेको छ । उनको हत्याको थप छानविनबाट के कारणले हत्या भएको र कसले हत्या गरेको भन्ने चाँडै पत्ता लाग्ने प्रहरीले जानकारी दियो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको थियो । प्रहरीले सन्तोषीको शव पोष्टमार्टको लागि शिक्षण अस्पताल महारजगञ्ज पठाएको छ ।

प्रतिक्रिया दिनुहोस