चुडामणि शर्मा सहित ३ जना विरुद्द मुद्दा दायर १ अर्व ३३ लाख बीगो कायम

काठमाडौं । आन्तरीक राजस्व विभागका तत्कालिन महानिर्देशक सहित ३ जना बिरुद्द मुद्दा दायर भएको छ । मुद्दा दायर गरिएपश्चात उनिहरुबाट विगोवापत् एक अर्व ३३ लाख २० हजार ३ सय ८५ रुपैँया कायम गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका चुडामणि शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

उनिहरुबिरुद्द आरोपपत्र दायर गरिसकिएको आख्तियारका प्रवक्ता नारायण रिसालले जानकारी दिए । उनीहरूले अधिकारक्षेत्र बाहिर गई वदनियतपूर्वक करदाताहरुसँग कर फर्छ्यौट सम्झौता गरी राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारले ठहर गरेको छ ।

यो पनि पढ्नु होस:-मुख, ओठ र जिब्रोमा खटिरा आयो ? चिन्ता नलिनुहोस् यस्ता छन् घरेलु उपाय
के तपाईको मुखमा साना-साना बिबिरा, फोका-फोकी आएर निकै सताएको छ ? मुखभित्र, जिब्रो, गिजा, ओठ लगायत मुखको कुना-कानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ भएको छ ? यस्ता घाउ खटिराको समस्या बढेर जटिल समस्या पनि आउन सक्छ । घाऊ ठूलो र गहिरो भएमा खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने, ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि निम्तिन सक्छ।

त्यसैले मुखको घाउ , खटिराबाट छुटकारा पाउन निम्न उपाय अपनाउनुहोस्:
– मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने-पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने-हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने-मह घाउमा लपक्क लगाउने

-बढी चिल्लो नखाने-हल्का उम्रेको गेडागुडी बिहान / बिहान खाने-पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने-बदाम भिजाएर खाने-निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने-जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउने।

प्रतिक्रिया दिनुहोस