बहसमा शम्भु थापा : राष्ट्रपति बिना पनि चलेकै देश हो

काठमाडौं । प्रतिनिधी सभा बिघटन सम्बन्धी मुद्दाको सुनुवाइको क्रममा बरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति र प्रधानमन्त्रीले जेसुकै गरे पनि त्यसलाई राजनीतिक निर्णय भन्न नहुने बताएका छन् ।

प्रतिनिधी सभामा बहसका क्रममा उनले भने संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइमा बहस गर्दै उनले भने, ‘राजनीतिज्ञले जे गरे पनि राजनीतिक प्रश्न हुने हो र ?
उनले थपे राष्ट्रपतिले गरेको सबै निर्णयलाई सर्वोच्च मानिदैन राष्ट्रपतिका अवैधानिक कदमहरु पनि हुन्छन् जसलाई कुनै हालतमा बैधानिकता दिनु हुँदैन ।
उनले कार्यकारणीलाई निकै धेरै अधिकार रहेकाे पनि बताए । ‘जहाज ल्याउन पा’को छ । रेल ल्याउन पाको छ । मुद्दा लगाउन पाको छु, वरिष्ठ अधिवक्ता थापाले भने, ‘अब यस्ता कार्यकारिणी संविधानबाट जन्मिनु पर्दैन त ?

उनले थपे राजतन्त्र सकिएर केहि समय राष्ट्रपति नहुदा पनि देश भनेको चलेकै हो अहिले पनि चल्छ होला नि ?
मेरो शब्दमा समानानीय नभने पनि राष्ट्रपतिप्रति मेरो पूरै सम्मान छ । मेराे पूर्ण सम्मान छ । शब्दैपिच्छे सम्माननीय नभने पनि प्रधानमन्त्री र राष्टपतिप्रति सम्मान छ । नभए प्रधनमन्त्री रिसाउनुहुन्छ । बीचमा यो देश राष्ट्रपति नहुँदा पनि चलेकै हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस