भोलीबाट अन्तराष्ट्रिय उडान, आन्तरिक उडान असार १७ गतेबाट भरिने (हेर्नुुहोस् उडान तालिका)

काठमाडौं निषेधाज्ञाका कारण गत बैशाख २० गतेदेखि बन्द रहेको आन्तरीक उडान  ५० प्रतिशत अकुपेन्सी क्षमतामा  संचालन गर्ने तयारी थालिएको छ  । सरकारले भोलि (बुधबार)देखि अन्तर्राष्ट्रिय र १७ असारबाट आन्तरिक ह्वाई उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आधा यात्रु मात्र राखेर आन्तरिक उडान संचालन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुमति दिएको थियो । अनुमति पछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडान संचालन गर्ने तयारी थालेको छ । मन्त्रीपरिषद्ले दिएको अनुमति अनुरुपनै सामान्य अवस्थामा हुने उडानको आधारमा ५० प्रतिशतभन्दा बढी क्षमता नबढ्ने गरी उडान संचालन गरिने छ ।

आन्तरिक उडानतर्फ भनेको तोकिएको उडान संख्याबमोजिम १ जुलाई अर्थातः १७ असारबाट नियमित उडान हुने मन्त्रालयले जनाएको छ । एक हप्ताको अवधिभित्र टिकेटिङ, उपत्यका बाहिर रहेका वायुसेवा कम्पनीका कर्मचारीलाई उपत्यका फर्कने समय व्यवस्थापन गर्न लागिएको मन्त्रालयले जनाएको छ । सबै व्यवस्था भएपछी असार १७ गतेबाट हवाई उडान संचालन गरिने छ

अन्तर्राष्ट्रिय ह्वाई उडानतर्फ भने भोलि २४ तारिखदेखि नै उडान भर्ने तालिका मन्त्रालयले जारी गरेको छ । मन्त्रालयले जारी गरेको सूचना अनुसार २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ ।

२५ जुनमा नेपाल एयरलाइन्सको जहाजले जापानका लगि उडान भर्नेछ । यसै दिन एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आउनेछ ।

२६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउनेछ । त्यसै दिन टर्की एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउने तालिका रहेको छ । यो दिन एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौं आउने उडान तालिका सार्वजनिक गरेको छ ।

२७ जुनमा नेपाल एयरलाइन्सले दोहा उडान गर्ने भनिएको छ । उक्त दिन हिमालय एयरलाइन्सले क्वालालाम्पुर र दुबईमा एक÷एक उडान गर्नेछ । त्यसै दिन कतार एयरवेज दोहाबाट काठमाडौं, र जजिरा एयरवेज कुवेतबाट काठमाडौं आउने तालिका रहेको छ ।

२८ जुनमा नेपाल एयरलाइन्स दुबई जाने तालिका रहेको छ । त्यसै दिन हिमालय एयरलाइन्सले साउदीको दमाममा उडान गर्ने भनिएको छ ।

त्यसै दिन कतार एयरवेजले दोहाबाट उडान गर्ने भएको छ। २९ जुनमा नेपाल एयरलाइन्स दोहा जाने तालिका रहेको भने त्यसै दिन टर्कीबाट टर्किस एयरलाइन्स नेपाल आउने भनिएको छ ।

२९ जुनमै फ्लाई दुबई दुबईबाट काठमाडौं र ओमानबाट सलाम एयरको जहाज काठमाडौं आउनेछ । ३० जुनमा नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम, कतार एयरवेजले दोहा र जजिरा एयरवेजले कुवेतबाट उडान गर्ने गरि तालिका सार्वजनिक भएको छ ।

मन्त्रीपरिषद्ले अनुमति दिएपनि जिल्ला प्रशासन कार्यलय भने संक्रमण दर ५% मा नझरुञ्जेल आन्तरिक उडान र सार्वजनिक यातायात संचालन गर्न नदिने पक्षमा छ ।

प्रतिक्रिया दिनुहोस