माधव नेपाल गुटको नयाँ पार्टि दर्ता, दर्ता भएको पार्टीले पायो आयोगबाट आधिकारीकता

काठमाडौं । निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत दर्ता भएको छ । दर्ता भएको पार्टीमा माधव कुमार नेपाल लगायतका नेताहरु रहेका छन् । दुई दिनअघि जीवन राई अध्यक्ष रहेको सो दल दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । पार्टीले चुनाव चिन्ह कलम पाएको छ । दर्ता गरिएको पार्टीले निर्वाचन आयोगबाट पनि आधिकारीकता पाइसकेको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष जीवन राईको नेतृत्वमा सो दल दर्ता भएको हो । गत वैशाख ६ गते आयोगमा दल दर्ताको निवेदन परेको थियो ।  सो दलको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल छन् । चरम विवादका कारण धुर्विकरण भएको एमाले पार्टी भित्रको माधव पक्षका नेताले पार्टी दर्ता गराएकाले इमाले एकिकरणको बिषयमा नयाँ ट्विस्ट ल्याएको विज्ञहरुको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस