काठमाडौं । पछिल्लो २४ घण्टामा प्रदेश १ भर कोरोना संक्रमणका कारण १२ जनाले ज्यान गुमाएका छन् । प्रदेश १ मा हालसम्म ६९ हजार २ सय २४ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा सुनसरीमा सबैभन्दा बढी १ सय ६१ जना संक्रमित थपिएका हुन् ।
सोहि अवधिमा प्रदेश १ भर कोरोना ४ सय २७ कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश १ मा कोरोना संक्रमण उल्लेखनीय रुपमा घट्न नसकेपछी आवश्यक थप सजगता अपनाउन प्रदेश १ अन्तर्गतको सामाजिक विकास मन्त्रालयले अनुरोध गरेको छ ।
यो पनि पढ्नुहोस् – भ्यागुता जोख्ने तरखर
उहिलेदेखि नै नहुने नहुने काम गर्न खोज्दै लोप्पा खाँदै चलाइरहेको थोत्रो मगज बोकेको भत्किएको दिमागलाई आज पनि वाह वाहको खोज चाहिएको छ ।सुर ताल लय केही मिलाएर गर्न जान्नु छैन बेसुरको ढङ्गमा बुद्धिमत्ता छाँट्ने काममा पनि अगाडी नै देखिन्छ । शकुनी प्रवृत्ति मिसिएको अनि मपाइले भरिएको भष्मासुरलाई गज्जबको ठानेर आफै जय जयको नाद गरेर हिड्ने भष्मासुरहरुको कथालाई दोहोर्याउन पर्दैन । हो म त्यही भष्मासुरहरूबाट बच्न भागेको र शकुनीहरूको झेलबाट उम्किन खोजेको निसहारा लाचार हुँ ।
मैले न त आफ्नो स्वतन्त्रताको लागि आफैँ लड्न सकेको छु न त मलाई यो समाजले समानताको अधिकार दिएको छ । ट र ठ को फरकले अगाडी र पछाडी आउने समान शब्दहरूमा यही समाजले मलाई ठूलो अन्तरमा थिचोरिदिएको छ । चुच्चो नाक बोकेर ठाडो हैन नाक छोपेर घोसे बन्न बाध्य बनाएको छ । मलाई यो समाजले नै बाहुनको नाक लगाइदिएको छ र यही नाकमा नै मलाई चित्त बुझाएर बस्न बाध्य बनाएको छ । आरक्षणको नाममा छुवाछुत चलाइरहेको छ र मेरो बाको सपनामाथि तिखारेको तरबार ।
उताबाट भष्मासुरले पच्छ्याउँदै आइरहेछ र भेट्नै लागेको छ । सत्ययुगकी मोहिनीले त बचाएकी थिइन तर अहिले भष्मासुरले उल्टै आफैँ मोहिनीको सुरूमा नै व्यवस्था गरिसकेछ । यता थाहै नपाई शकुनीहरू प्रल्हादको रूप लिएर पासो थापेको पत्तै भएन । म त सोच्दै थिएँ ‘केटो सत्ययुग हैन कलियुग चल्दैछ । होस गरेस्’ तर लुकेर जबरजस्ती भष्मासुरहरू र शकुनीहरूले पासो थापिसकेपछि जोसुकै पनि वर्षाको बाढीमा सर्पसँग बेरिदै आएको माछो भइहालिने रहेछ । उँधोमुखे ढडिया थापेर बसेको माझी र फकाईफकाई ल्याएर पानीबाहिर निकालेर खाने सर्प त यहाँ पाइलैपिच्छे भेटिन्दा रहेछन् ।
शकुनी र भष्मासुरहरूको कथा सकिएलगत्तै अर्को प्रवृत्तिका कंसहरूको फेरी हैकमपन्थी सुरू भइहाल्छ । आफु मर्ने डरले अर्कोले भनेकै भरमा फटाफट अर्कोको नाश गर्ने प्रवृत्तिले जरो गाड्न थाल्छ । कंसहरूको “मै खाउँ मै लाउँ सुख सयल वा मोज म गरूँ ” को सोचाईलाई पूर्णता दिन यति निर्दोषहरू मर्नुपर्छ कि कृष्णले पनि अनि डराउनुपर्ने बेला देखिन थाल्छ । कंस प्रवृत्तिलाई न कसैले रोक्न सक्यो न रोकिन्छ । यो फस्टाएको फस्टाइ चलिरह्यो चलिरह्यो ।
यति विचारेसि अर्को प्रवृत्तिमा आएर चण्ड/मुण्ड, शुम्भ/निशुम्भ लगायतको अर्को राक्षसी स्वभावलाई देखिन थाल्छ । एकजना दुइजनाको चलिरहेको राक्षसी प्रवृत्तिमा फेरी संगठनात्मक रूपको प्रवेश हुन्छ । एक दुइले हैन अब जमातमा आक्रमणको सुरूवात गरिन्छ । बेसहारा अझ बेसहाय बनेर बस्नुपर्छ । अनि यो प्रवृत्तिलाई सक्न दुर्गाले अब पनि अवतार लिनुपर्नेहुन्छ ।
कुनै धार्मिक कथाहरूलाई समेटिएको आलेख हैन यो तत्कालीन आवश्यकता हो । यो मेरै थोत्रो मगजको पिल्सिएको भाव हो । यहाँ यी कुराहरूलाई साक्षात्कार हुन्छ भन्ने कुरामा म विश्वस्त छु । अनि यो मेरो विश्वास भ्यागुता जोख्ने तरखरमा छ ।
आलेख