को को छन् संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीहरु ?

काठमाडौं । राष्ट्रपति विधादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेकी छिन् । संवैधानिक परिषद्ले वैशाख २७ गते सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाई विना नै नियुक्त गरिएको हो ।

पदाधिकारी नियुक्त गरिएका निकायहरुमा लोकसेवा आयोग मधेशी आयोग राष्ट्रिय समावेशी आयोग ,महिला आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोग,थारू आयोग,मुस्लिम आयोग,राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ,निर्वाचन आयोग रहेका छन् । राष्ट्रपति भण्डारी लोक सेवा आयोगमा माधव प्रसाद रेग्मीलाई नियुक्त गरेकी छन् । संवैधानिक परिषद्ले वैशाख २७ गते सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाई विना नै नियुक्त गरिएको हो ।

छानिएका पदाधिकारीमा लोकसेवा आयोगका अध्यक्ष, निर्वाचन आयोगका आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई आयुक्त नियुक्त भएका हुन् । त्यस्तै राष्ट्रिय समावेशी आयोगको अध्यक्ष रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका दुई आयुक्तमा डा हरि पौड्याल र डा. सुमित्रा श्रेष्ठ ब्यान्जु रहेका छन् । निर्वाचन आयोगको आयुक्तमा सगुन शमशेर जबरा नियुक्त भएका छन् । त्यस्तै राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा राम कृष्ण तिमल्सेना रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस