यिनै हुन् सन्तोषीको ह.त्या गर्ने २१ वर्षीय युवक, यस कारण गरे ह.त्या (भिडियो)

प्रहरीले सन्तोषी सुब्बा ह.त्या प्रकरणमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २१ वर्षीय सुरेश तिमल्सिना रहेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार तिमल्सिनाले सुरुमा सन्तोषीलाई ब.ला.त्कार प्रयास गरेको तर सन्तोषीले प्रतिकार गरेपछि घाँटी थिचेर ह.त्या गरेको स्विकार गरेका छन् । ह.त्या गरेपछि अनुहार चिन्न नसकियाेस् भनेर महिलाको पहिचान लुकाउन सन्तोषीको अनुहार भरि ढुंगाले प्र.हार गरेकाे बयानमा युवकले स्वीकार गरेका छन् ।

गत मंगलबार काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा ह.त्या गरेर फालिएकाे अवस्थामा सन्ताेषीको शव भेटिएकाे थियाे । सुरुमा शवको पहिचान हुन नसकेपनि प्रहरीको अनुसन्धानपछि उनि विभिन्न पशुपक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बा भएको पुष्टि बहेको थियो । आज पत्रकार सम्मेलन गरेर प्रहरीले घटना विवरण सार्वजनिक गरेको हो ।

भिडियो यहाँबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस