मुलुक भरि पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनालाई कोरोना पुष्टि

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार २३२ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ७४७ जनामा कोराना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ७ हजार २३५ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५७७ र ४ हजार ९९७ जनाको एन्टीजेन परीक्षण गर्दा ८९७ जना संक्रमित पुष्टि भएका हुन्।पछिल्लो २४ घण्टामा देशभर २४ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ९१८ जना संक्रमितको मृत्यु भएको छ।

२४ घण्टामा देशभर २ हजार ५१८ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको छ।स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ७० हजार ९५८ जना संक्रमित निको भइसकेका छन्।

यो पनि पढ्नु होस:-किन बिग्रन्छ बालबालिकाको दाँत, कसरी जोगाउने?
काठमाडौं- कलंकी बस्ने टामिरा जोशीको दाँत राम्रोसँग उम्रियो तर त्यो धेरै समय टिक्न नपाई कालो हुन थाल्यो। सुरूआती चरणमा थोरै देखिएको दाँतको कालो दिन दुईगुणा, रात चौगुणाका दरले बढ्न थाल्यो। उनका अभिभावकले अगाडिको दाँत पूरै कालो भएपछि गुलियो खानेकुरा खुवाउन बन्द गराए। विस्तारै उनको दाँतले चपाउन बन्द गर्‍यो, दुख्न पनि थाल्यो। समस्या निकै बढेपछि मात्रै उनलाई उपचारका लागि लगियो।

अहिले उनको माथिल्लो दाँत सबै झरेको छ, नयाँ पलाउने क्रम जारी छ। केही ठाउँमा नयाँ दाँत उम्रने ठाउँमा मासु पलाएपछि दन्त चिकित्सकले उपचार गरिरहेका छन्।

टामिराको भाइ टिष्टानको दाँत पनि विस्तारै दिदीको जस्तै बन्दै गइरहेको छ। उनको परिवारले यसलाई वंशाणुगत समस्या पो हो कि भन्ने शंका गरेका छन्। निषेधाज्ञाका कारण चिकित्सकलाई देखाउन नपाएको ती अभिभावकको भनाइ छ।

कालिमाटीका सात वर्षीय कृपेश श्रेष्ठको पनि दाँत बिग्रिएको छ। उनको परिवार दूधे दाँत बिग्रिएर केही नहुने भन्दै ढुक्कसँग बसेको छ। आमा कमला श्रेष्ठले भनिन्, ‘पहिलो दाँत बिग्रिए पनि दोस्रो दाँत आउला, राम्रो आइहाल्छ भनेर उपचार गराएका छैनौं।’

कृपेशकी आमा कमलाले भनेजस्तो नयाँ दाँत आउँदा समस्या हल नहुने, झनै बल्झने बताउँछिन् दन्त चिकित्सक सूर्या थापा। ‘बालबालिकाले कस्तो खाना खाइरहेका छन्, उनीहरूको स्वास्थ्य अवस्था कस्तो छ भनेर बुझ्न उनीहरूको दाँत हेरे पुग्छ,’ मोडलसमेत रहेकी थापाले भनिन्।

उनका अनुसार, नराम्रा खाना बालबालिकाले खाएका छन् भने उनीहरूको दाँतमा किरा लाग्न सुरू गरिहाल्छ। खराब दाँतकै कारण बालबालिकामा पेटको समस्यादेखि अन्य विभिन्न समस्या देखिन सुरू गर्छ।

प्रतिक्रिया दिनुहोस