माओवादीबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधी पदमुक्त (हेर्नुहोस नामावली)

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ ।कारवाहीको माग गर्दै यसअघि असार ७ मा बसेको माओवादी केन्द्रिय समितीको बैठकले निर्वाचन आयोगलाई बुझाएका पत्रका आधारमा ती जनप्रतिनिधी पदमुक्त भएका हुन् । निर्वाचन आयोगले शुक्रबार सूचना जारी १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।

पद रिक्त भएकाहरुमा सबैभन्दा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् । त्यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही अधिकारअनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो । तर, आयोगले केन्द्रीय समितिको बैठकबाट कारबाहीको निर्णय नभएको भन्दै दल त्यागको सूचना जारी गरेको थिएन ।

त्यसपछि ७ असारमा भर्चुअल विधिबाट केन्द्रीय समितिको बैठक बसेर माओवादीले उनीहरुलाई पार्टीबाट निष्कासित गरिएको निर्णयलाई औपचारिकता दिएको थियो । सोही दिन माओवादी केन्द्रले निर्वाचन आयोग समक्ष पदमुक्त गरिदिने बारे केन्द्रिय समितीको निर्णय राखेर झक्झक्याएको थियो । फलस्वरुप आज निर्वाचन आयोगले विज्ञप्ती निकाल्दै उनिहरुको सूची समेत सार्वजनिक गरेको छ ।

१. प्रमुख रिना कुमारी साह मौलापुर न.पा. रौतहट
२. प्रमुख सियाराम कुशवाहा कटहरिया न.पा. रौतहट
३. उप्रमुख परनिया देवी देवाही गोनाही न.पा. रौतहट
४. उप्रमुख गौरिशंकर प्रसाद मैलापुर न.पा. रौतहट
५. उप्रमुख कान्ति देवी फतुवाविजयपुर न.पा. रौतहट
६. उपप्रमुख सिमल कुमारी साह माधवनारायण न.पा. रौतहट
७. उपाध्यक्ष गितादेवी साह यमुनामाई गा.पा. रौतहट
८. नगर का.पा. सदस्य सतमीलाल दास ताती लहान न.पा. सिरहा
९. अध्यक्ष शेष फारुक सम्सी गा.पा. महोत्तरी
१०. उपप्रमुख छायाँ देवी देवकोटा भजनी न.पा. कैलाली
११. वडाध्यक्ष भागिरथी विष्ट गौरीगंगा न.पा.–४, कैलाली
१२. वडाध्यक्ष शर्मानन्द भट्ट गोदावरी न.पा.–१, कैलाली
१३. वडाध्यक्ष पुरन विसी बर्दगोरिया न.पा.–४, कैलाली
१४. वडाध्यक्ष सुरेश कुमार थापा चम्पादेवी गा.पा.–७, ओखलढुंगा

 

प्रतिक्रिया दिनुहोस