दोस्रो डोज भेरोसेल खोप असार २२ गतेबाट

काठमाडौं । कोरोना भाईरस बिरुद्दको पहिलो खोप लगाएकालाई दोस्रो डोज यहि असार २२ गतेबाट लगाईने भएको छ ।यसअघि गत जेठ २५ गतेदेखी २९ गतेसम्म देशभरका ६० देखि ६४ बर्ष उमेर समूहक मानिसहरुलाई पहिलो डोज खोप लगाइएको थियो। स्वास्थ्य सेवा विभागले असार २२ गतेबाट दोस्रो मात्रा लगाइने जनाएको छ । खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले पहिलो डोज लगाएका तीन लाख ७० हजार जनालाई असार २२ गतेबाट दोस्रो डोज लगाइने तय भएको जनाए ।

अघिल्ला खोप अभियानमा भेरोसेल खोपको बुस्टर डोज अर्थात दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो बुस्टर डोज लगाउन पाउने उनले बताए । यसपटक लगाउन लागिएको खोप गत जेठमा पहिलो डोज खोप लगाएका ले मात्र लगाउन पाउने भएका छन् ।’

पछिल्लो पटक ६०-६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए । ६ लाख ६२ हजार ३६७ जना ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेकोमा तीन लाख ७० हजार ३९५ जना ज्येष्ठ नागरिकले मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाएको उनले जनाए । ती नै खोप लगाएका ३ लाख ७० हजार ३ सय ९५ जनालाई दोस्रो डोज खोप लगाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस