आज पनि २४ सय बढि कोरोना संक्रमित, किन घट्न सकेनन् नेपालमा कोरोना संक्रमित – डा. शेरबहादुर पुंन

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका बरिष्ठ डा. शेर बहादुर पुंनले गोर्खाली खबर संग कुरा गर्दै  कोरोना संक्रमितको संख्या उल्लेखनिय रुपमा नघट्नुको कारण कोरोना खोपको पर्याप्त प्रयोग नगरिनु भएको बताएका छन ।

कोरोना संक्रमण भएर भेन्टिलेटर सम्म पुगेका अधिकांसको फोक्सो बिग्रिएको भन्दै डा पुंनले भने खोप लगाउने व्यक्ति भेन्टिलेटर सम्म कोही पनि पुगेका छैनन् कोरोना खोपले सतप्रतिशत काम गर्छ भन्ने होइन तर खोप लगाएका मानिसहरु मृत्यु सम्म पुग्दैनन् ।

उनले थपे खोप लगाएका मानिसलाई कोरोना संक्रमणनै न्युन देखिन्छ देखिगए पनि कोरोनाकै कारणले मृत्यु भने हुँदैन । स्वरुप फेरिदै जाँदा सधैँ यहि खोपले काम गर्छ त भन्ने प्रश्नमा डा पुंन भन्छन् ‘ समय अनुसार खोपलाई परिवर्तन गर्दै लैजान पर्छ सधैँ यहि खोपले काम गर्छ भन्ने होइन यसअघि पनि देखिएको ईन्फुएन्जा भाईरसको खोप बर्षै पिछे परिवर्तन गरिन्छ समय अनुसार खोप परिवर्तन गर्नै पर्छ तर अहिलेको लागि यहि खोप उपयुक्त हो ।’

नयाँ देखिएको डेल्टा प्लस भाइरसलाई पनि खोप प्रभावकारी भएको डा पुंनको भनाई छ । अहिले कोरोनाको चेन ब्रेक भएको हुन सक्छ अब पुंन कोरोना नफैलिएसम्म खोप लगाईहाल्नु पर्छ खोपमा पहल नभए दोस्रो लहरभन्दा भयांकर अवस्था पनि आउन सक्छ ।

उनले भने कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमित हुनेको संख्या केहि घट्नु भनेको कोरोनाले चेन ब्रेक गरेको हुन सक्छ । तर खोपको उल्लेखनिय प्रयोग नगरे कोरोनाको तेस्रो चौथो या त्यो भन्दा पनि धेरै लहरहरु देखिन सक्छ ।

नेपालभर नेपालमा थप २,४७६ जनामा कोरोनाभाइरस सङ्क्रमण र २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार बताएको छ। पछिल्लो २४ घण्टामा १४,३५१ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। तीमध्ये ४,७६५ परीक्षण एन्टिजन विधिबाट गरिएको हो। कुल परीक्षणको १७.२५ प्रतिशतमा सङ्क्रमण देखिएको हो।

सो अवधिमा ५,४५५ जना सङ्क्रमणमुक्त भएपछि निको भएका सङ्क्रमित ९१.३३ प्रतिशत पुगेका छन्। यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै छ लाख ६१ हजार पुगेको छ भने मृतकको सङ्ख्या ८,९४५ पुगेको छ।

अहिले कुल ४२,९१० जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २,८८४ जना संस्थागत आइसोलेशनमा रहेका छन्। कुल सक्रिय सङ्क्रमितमध्ये ८,६१६ जना काठमाण्डू उपत्यकामा रहेका छन्।

अहिले देशभरिका ३१ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप २४ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।अहिले सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ७१४ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र २०१ जना भेन्टिलेटरमा छन्। लिङ्गका आधारमा हेर्दा कोभिडबाट सङ्क्रमित हुनेहरूमा ३९.२५ प्रतिशत महिला छन् भने ६०.७५ प्रतिशत पुरुष छन्।

 

प्रतिक्रिया दिनुहोस