अमेरिकामा भवन खस्दा बेपत्ता हुनेको संख्या १५९ पुग्यो

काठमाडौं । अमेरीकाको मियामी सहरमा रहको एउटा भवन भत्किदा बेपत्ता हुनेको संख्या १ सय ५० नाघेको छ । यसअघि मियामी सहरमा १२ तले भवन खसेको थियो ।

भवन खस्दा हराईरहेका मानिसहरु जिवित भेटिनसक्ने मियामीका मेयर डेडीले बताएका छन् । उनले भने – भवनमा कयौँ हाताहाती भएको हुन सक्छ तर हामी खोजी कार्य गर्दै छौँ धेरैलाई जीवित नै उद्दार गर्न सक्नेछौँ ।

उद्धारकर्मीहरुको टोलीले चौबिसै घण्टा काम गरिरहेको र जमिनमुनी पुरिएका मानिसहरुको चिच्याहट सुनिएको खबर उनीहरुबाट प्राप्त भएको मेयरले बताए ।  बिहीबार बिहानै के कारणले यो ४० वर्ष पुरानो भवन ध्वस्त भयो भन्ने स्पष्ट भइसकेको छैन । यो भवन ढल्दा कतिजना मानिसहरु त्यहाँ थिए भन्ने पनि खुलिसकेको छैन ।

भवन खसेपछी विज्ञप्ती निकाल्दै अमेरिकी राष्ट्रपति जो वाईडेनले आपतकाल पनि घोषणा गरेका छन् । अब, संघीय आकस्मिक व्यवस्थापन एजेन्सी (फिमा) ले उद्धार कार्यमा राज्यका एजेन्सीहरुलाई सहयोग गर्नेछ ।

बिहीबार सयौं उद्धारकर्ताहरुले विशेष तालिमप्राप्त कुकुरहरुको सहयोगमा बाँचेकाहरुको खोजी गरे, ती उद्धारकर्ताहरुले सोनार क्यामेरा पनि प्रयोग गरेका थिए । पीडितहरु समक्ष पुग्नाका लागि उद्धारकर्ताहरुले भवनमुनीको अण्डरग्राउन्ड कार पार्कमा हुँदै सुरु खन्दै थिए ।

 

 

प्रतिक्रिया दिनुहोस