पोखरामा गाईको बाच्छीले नव्याउँदै दियो दैनिक ४ लिटर दूध, स्थानीयहरु अचम्म मान्दै हेर्न आउन थाले

काठमाडौं – पोखरामा एक गाईको बाच्छीले नव्याउँदै दूध दिएको छ । पोखरा महानगरपालिका वडा नं २१ फेदीपाटनका मुक्ति पौडेलको गाईको बाच्छीले नव्याउँदै दूध दिन थालेको हो ।

गाईको बाच्छीले नव्याउँदै दूध दिन थालेपछि त्यहाँका स्थानीयहरु अचम्म मान्दै हेर्न आउन थालेका छन् ।आगामी कात्तिकमा व्याउने सो गाईले छ महिना अघिदेखि दैनिक चार लिटर दूध दिदै आइरहेको छ । बाच्छीले नव्याउँदै दूध दिन थालेपछि पौडेल निकै खुशी छन् ।

मानव जीवनलाई अर्थपूर्ण र उपयोगी बनाउने गौतम बुद्धका यी उपदेशहरु
काठमाडौँ – भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका भगवान् गौतम बुद्धले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरुप आज २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँएको छ ।

बिश्वकै लागी शान्तिका दुत मानिने गौतम बुद्ध एक अन्तरज्ञानी थिए । गणराज्यको राजधानी कपिलवस्तु निकट लुम्बिनीमा जन्मिएका उनको बास्तबिक नाम सिद्धार्थ गौतम थियो।

बीसीको छैठौं शताब्दीमा जन्मिएर चौथौं शताब्दीमा निधन भएका उनका विचारहरु आज पनि उत्तिकै सान्दर्भिक छन् । उनका उपदेशहरु मानव जीवनलाई अर्थपूर्ण र उपयोगी बनाउने खालका छन् ।

अहिले उनको उपदेश संसारभरका अनुयायीहरुले पालना गरिरहेका छन् । उनका उपदेशले अहिले संसारभरका मानिसहरुलाई सही बाटोमा ल्याएको छ । उनका हरेक विचार उपदेशले हाम्रो जीवनलाई सही बाटोमा ल्याउन सहयोग गर्छ । उनका उपदेशले गलत काम गर्नबाट पनि रोक्छ ।

हेर्नुहोस् बुद्धका केहि अर्थपूर्ण र उपयोगी उपदेशहरु

– जीवनमा सानो कुराबाट सुरुवात गर्नु खराब कुरा हैन, यो राम्रो कुरा हो ।- शङ्का गर्नु एउटा भयानक बानी हो जसले दुई व्यक्तिप्रतिको आत्मियता र मित्रतालाई तोडिदिन्छ ।- जो ब्यक्ति आफ्नो रिसलाई नियन्त्रण गर्न सक्दछ, उसलाई कहिले पनि दुःख हुदैन ।

– तपाईले आफ्नो क्रोध, रिस र रागका लागि सजायँ भोग्नुपर्दैन किनकी क्रोध, रिस र राग आफैँमा सजाय हो ।- एउटा बलिरहेको दियोले अरु हजारौँ दियो बाल्न सक्छ ।- वितेको समयका बारेमा ध्यान नदिनुहोस, भविष्यको बारेमा नसोच्नुहोस ।- हजार खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ ।

प्रतिक्रिया दिनुहोस