गण्डकीको भागबण्डा मिल्यो,दिपक मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्रालय ( हेर्नुहोस कार्यविभाजन)

काठमाडौं । लामो समयदेखि टुंगो लाग्न नसकेको गण्डकीको मन्त्रीमण्डलले टुंगो पाएको छ । जेठ २९ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसहित ५ जनाले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए।

दलहरुबीच सहमती भए अनुसार नेपाली कांग्रेसबाट सरकारमा सहभागी कुमार खड्काले समाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। यस अघि उनले अर्थ वा भौतिक विकास मन्त्रालयमा दाबी गर्दै आएका थिए।

कार्यविभाजन पछि  माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउने भएकी छन्।जनता समाजवादी पार्टीका हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय सम्हालेका छन्। यस अघि आचार्यसँग मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले अर्थमन्त्रालय दिने गरी सहमती गरेका थिए।

स्वतन्त्र सांसद दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ। उक्त जिम्मेवादी दिइएको जानकारी प्रदेश प्रमुखलाई दिने तयारी भइरहेको प्रवक्ता कुमार खड्काले बताए।

गण्डकी प्रदेशमा ११ मन्त्रालय छन्। अझै ६ मन्त्रालयमा मन्त्री नियुक्ति गर्न बाँकी छ। अर्थ, भौतिक पूर्वाधार, आन्तरिक मामिला तथा कानुन, कृषि, पर्यटनलगायतका मन्त्रालय भने मुख्यमन्त्री पोखरेलले आफूसँग राखेका छन्।जेठ २९ गते गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसदको गठबन्धनले सरकार बनाएको थियो।

प्रतिक्रिया दिनुहोस