पछिल्लो २४ घण्टाको कोरोना अपडेट

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार १६ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा कुल ३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ९८१० जनाको स्वाव परिक्षण गरिएको थियो । यस्तै पछिल्लो २४ घण्टामा ४९१४ जनाले कोरोनालाई जितेका छन् ।

यो सँगै नेपालमा पीसीआर विधीबाट जाँच गर्दा कोरोना संक्रमित हुनेको संख्या कुल ६ लाख ३२ हजार ३ सय २६ पुगेको छ । साथै ३१ हजार ५३१ (एन्टिजेन) जना पुगेको छ । यस्तै निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । हालसम्म कोरोनाबाट कुल ८ हजार ९७५ जनाले ज्यान गुमाएका छन् भने कोरोना निको हुने दर ९१.९ प्रतिशत रहेको छ ।’

यो पनि 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका बरिष्ठ डा. शेर बहादुर पुंनले गोर्खाली खबर संग कुरा गर्दै  कोरोना संक्रमितको संख्या उल्लेखनिय रुपमा नघट्नुको कारण कोरोना खोपको पर्याप्त प्रयोग नगरिनु भएको बताएका छन ।

कोरोना संक्रमण भएर भेन्टिलेटर सम्म पुगेका अधिकांसको फोक्सो बिग्रिएको भन्दै डा पुंनले भने खोप लगाउने व्यक्ति भेन्टिलेटर सम्म कोही पनि पुगेका छैनन् कोरोना खोपले सतप्रतिशत काम गर्छ भन्ने होइन तर खोप लगाएका मानिसहरु मृत्यु सम्म पुग्दैनन् ।

उनले थपे खोप लगाएका मानिसलाई कोरोना संक्रमणनै न्युन देखिन्छ देखिगए पनि कोरोनाकै कारणले मृत्यु भने हुँदैन । स्वरुप फेरिदै जाँदा सधैँ यहि खोपले काम गर्छ त भन्ने प्रश्नमा डा पुंन भन्छन् ‘ समय अनुसार खोपलाई परिवर्तन गर्दै लैजान पर्छ सधैँ यहि खोपले काम गर्छ भन्ने होइन यसअघि पनि देखिएको ईन्फुएन्जा भाईरसको खोप बर्षै पिछे परिवर्तन गरिन्छ समय अनुसार खोप परिवर्तन गर्नै पर्छ तर अहिलेको लागि यहि खोप उपयुक्त हो ।’

नयाँ देखिएको डेल्टा प्लस भाइरसलाई पनि खोप प्रभावकारी भएको डा पुंनको भनाई छ । अहिले कोरोनाको चेन ब्रेक भएको हुन सक्छ अब पुंन कोरोना नफैलिएसम्म खोप लगाईहाल्नु पर्छ खोपमा पहल नभए दोस्रो लहरभन्दा भयांकर अवस्था पनि आउन सक्छ ।

उनले भने कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमित हुनेको संख्या केहि घट्नु भनेको कोरोनाले चेन ब्रेक गरेको हुन सक्छ । तर खोपको उल्लेखनिय प्रयोग नगरे कोरोनाको तेस्रो चौथो या त्यो भन्दा पनि धेरै लहरहरु देखिन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस