शरीरका अंगहरु सुन्निने समस्या छ ? समाधानका लागि यो घरेलु उपाय अपनाउनुहोस्

काठमाडौं । शरीरका अंग कहिलेकाहीं सामान्य आकार भन्दा बढ्छन् । त्यो समयमा त्यहाँ औंला राख्दा पनि खाल्डो पर्छ र शरीर सबै दुख्ने हुन्छ । यो समस्या विभिन्न कारणले हुने गर्छ । पोषणको कमी, महिलाहरुको महिनावारीमा गडबडी, चिसो लाग्ने समस्या आदिका कारण शरीरका अंगहरु सुन्निने गर्छन् ।

शरीरका अंग सुन्निएको समयमा दैनिक जीवनमा असर त गर्छ नै, स्वास्थ्यमा पनि थप असरहरु पर्न सक्छन् । शरीर सुन्निने समस्याबाट छुटकारा पाउनको लागि सामन्य घरेलु उपाय अपनाउन सकिन्छ । यसको लागि जिरा चिनीको आवश्यकता पर्छ।

चिनी र जिरालाई पिसेर चुर्ण जस्तै बनाउनुपर्छ । त्यसपछि त्यो चुर्ण हरेक दिन खानुपर्छ । मनतातो पानीसंग दिनको तीन पटकसम्म यो चुर्ण खानाले शरीरको सुन्निएको भाग कम हुँदै जान्छ । यो विधि निकै प्रभावकारी हुन्छ।

शरीरको सुन्निएको अंग घटाउनको लागि छोडा या खजुर पनि उत्तम औषधि हो । छोडालाई दुधमा पकाएर या यत्तिकै दुधसंग खानुपर्छ । यदि गुलियो स्वाद मीठो हुन्छ लाग्छ भने दुधमा चिनी पनि मिसाउन सकिन्छ । चिनीले शरीर सुन्निएको अवस्थामा फाइदा गर्छ ।

शरीर सुन्नीनुका विभिन्न कारण हुन्छन् । शरीरको कुनै भित्री अंगमा असर परेकोले या कुनै रोगका कारण पनि शरीर सुन्निने गर्छ । त्यसैले यदि शरीरको अंग सुन्निएको धेरै समय भएको छ र घरेलु उपाय अपनाउँदा पनि कम भएको छैन भने जति सक्दो छिटो डाक्टरकहाँ जानुपर्छ । यसो गर्नाले खतरनाक रोगहरुबाट बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस