प्रतिनिधी सभा विघटन मुद्दामा आजदेखी सरकार पक्षका वकिलहरुको बहस सुरु हुने

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा निवेदकतर्फका कानुन व्यवसायीको बहस आइतबार सकिएको छ । आज (सोमबार) देखि सरकार पक्षका वकिलहरूले बहस गर्ने छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासले रिट निवेदकलाई १२ घण्टा समय तोकिदिएको थियो । यो समयमा रिट निवेदकतर्फबाट ३६ जना कानुन व्यवसायीले बहस गरे । असर ९ गते ५ जना, १० गते ९ जना, ११ गते ६ जना र आज १६ जनाले बहस गरेका हुन् ।

प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित इजलासले यो मुद्दाको सुनुवाइ गरिरहेको छ ।

संवैधानिक इजलासमा प्रतिवादीका लागि बहस गर्न १५ घण्टा समय दिइएको छ । त्यसम्ध्ये साढे ७ घण्टा महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट र बाँकी साँढे ७ घण्टा राष्ट्रपति, प्रधानमन्त्री तथा सभामुखको तर्फबाट अन्य निजी वकिलले बहस गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस