बहुला कुकुरले टोकेको होर ? माधव नेपाललाई प्रधानमन्त्री बनाउन – प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर नगरेको बताएका छन् । आफूलाई प्रधानमन्त्रीको अफर आएको भनेर नेपालले झुटको खेती गरेको उनको आरोप छ ।उनले माधव नेपाललाई लाज सकिएको व्यक्ती भन्दै संज्ञा दिएका छन्।

उनले भने आफ्नै पार्टीको नाम बेचेर अरु पार्टीको मान्छेलाई प्रधानमन्त्री बनाउछु भन्नु कति सम्म लाज पचेको काम हो ?बालुवाटारमा आज आयोजित एक कार्यक्रममा ओलीले यसो भने- ‘तपाईंहरूले दुई-तीन दिन अघिदेखि सुन्नुभयो होला ।मैले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव राखेँ अरे ।

म यो मान्दिनँ अरे । मेरो शेरबहादुर देउवाप्रति यति निष्ठा छ, देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु ।देशलाई धोका दिन्छु । जनतालाई धोका दिन्छु । तर, देउवालाई धोका दिन सक्दिनँ ।यसो भनिरहेका छन् ।’ओलीले अगाडि थपे, ‘माधव नेपाल भोलि शेरबहादुर देउवाको पार्टी पनि ज्वाइन गर्न सक्छन् ।

प्रचण्डको पार्टी त ज्वाइन गर्नु नै छ । उनको गन्तव्य त्यही हो ।माधव नेपाल भनेको प्रचण्डको मामुली कार्यकता हुन् । तर, अहिले धाक लगाएका छन्, केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्यो । मलाई बहुला कुकुरले टोकेको छ र कोही मान्छे नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव राख्न ?’

प्रतिक्रिया दिनुहोस