आज घट्यो की बढ्यो सुनको भाउ ? हेर्नुहोस् कतिमा हुँदैछ कारोबार

काठमाडौँ । साताको दोस्रो दिन अर्थात सोमबार (आज) नेपाली बजारमा सुनको भाउ स्थिर छ।सोमबार प्रतितोला २ सय रुपैयाँले बढेको सुनको भाउ आज भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो पनि यही मूल्यमा कारोबार भएको थियो।त्यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो पनि यही मूल्यमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ पनि स्थिर छ। आज चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो पनि यही मूल्यमा कारोबार भएको थियो।लामो समयको कोरोना महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ हुने गरेको छ।

यो पनि पढ्नु होस:-यस्तो अवस्थामा भुलेर पनि नखानुहोस् केरा, ज्यानै जान सक्छ

केरा स्वास्थ्यका लागि निकै लाभदायक फलफूल मानिन्छ। यसमा पोसेसियम, म्याग्नेसियम, भिटामिन बी-६ लगायत हुन्छ। तर, केही यस्तो अवस्थामा केरा खानुहुँदैन, जसले ठूलो समस्या निम्त्याउन सक्छ :

-केरामा बढी मात्रामा सुगर, कार्बोहाइड्रेड, क्यालोरी पाइन्छ। यसले गर्दा शरीरमा मोटोपन बढ्न सक्छ।
-केरामा पोटासियम बढी मात्रामा हुन्छ । यसले गर्दा असामान्य रूपमा मुटुको धड्कन बढ्न सक्छ। यसले एन्जाइटीजस्तो समस्या पनि निम्त्याउन सक्छ । याद गर्नुहोस्, मानिसमा एन्जाइटी भयो भने निद्रा नलाग्ने, डर लाग्ने आदि लक्षण देखिन्छ।

-केरामा पाइने थायमिन नामक तत्वले माइग्रेन र टाउको दुख्ने समस्या बढ्न सक्छ।
-केरामा भिटामिन बी-६ हुन्छ । यसले स्नायु प्रणालीलाई असर गर्न सक्छ।

-केरामा गुलियोको मात्रा निकै बढी हुन्छ। यसले डाइबिटिज अर्थात् सुगर हुने सम्भावना बढ्छ भने यो रोग भएकाहरूको लेभल बढ्न सक्छ।

 

प्रतिक्रिया दिनुहोस