शरिरमा यी १० लक्षण देखियो, तुरुन्त डा.सँग परामर्श गर्नुस क्यान्सर हुनसक्छ !

क्यान्सरले ज्यान लिन्छ । चाहे तपाईँ धनी हुनुहोस् या गरिब । हुने खाने होस वा हुँदा खाने क्यान्सरले छोड्दैन । तर क्यान्सरको सुरुवाती कालमा चाल पाइयो भने आफूलाई बचाउन सकिन्छ । तर सामान्यतः अधिकांश मानिसले यस्ता सुरुवाती लक्षणलाई बेवास्ता गर्ने गर्छन् । हुन त यो बढाइचढाइ जस्तो पनि लाग्न सक्छ । विज्ञहरूका अनुसार क्यान्सरको शुरुवातीकालमा निम्न लक्षण देखिन्छन् ।

१- निरन्तर खोकी- फोक्सोको क्यान्सर

फोक्सोको क्यान्सर धेरै नै नफैलिए सम्म अधिकांश मानिसले चाल पाउँदैनन् । कतिपय मानिसमा भने फोक्सोको क्यान्सरका लक्षण सुरुमै देखिन्छन् । फोक्सोको क्यान्सरका मुख्य लक्षण मध्ये निरन्तर खोकी लाग्नु पनि एक हो । खोकी लाग्ने र त्यससँगै छाती दुख्ने हुन थाल्यो भने होसियार हुनुस् । लामो श्वास लिँदा वा हाँस्दा समेत छाती दुख्नु खतरनाक लक्षण हो ।

२- शरीरमा भएका मुसाको रंगमा परिवर्तन- स्किन क्यान्सर

मेलानोमा स्किन क्यान्सर मध्ये सबैभन्दा घातक क्यान्सर मानिन्छ । यो शरीरको कुनै पनि भागमा देखिन सक्छ । तर अधिकांशलाई खुट्टाको पछाडि, पाखुरा वा अनुहारमा देखिन्छ । कतिपयलाई नङको भित्र समेत देखिन सक्छ ।

यो क्यान्सरको सुरुवातमा शरीरमा रहेका मुसाको रंग फेरिन्छ । मुसा ठुलो हुने, आकार बदलिने, रंग बदलिँदै जाने यस्ता सङ्केत हुन् । दुख्ने र चिलाउने समेत हुन सक्छ ।

३- दिसामा रगत, दुखाइ- आन्द्राको क्यान्सर

दिशामा रगत देखिने र दिसा लाग्ने समय परिवर्तन भएको भयै हुनु पनि राम्रो सङ्केत होइन । यसले पनि तपाईँको सानो आन्द्रामा क्यान्सर भएको सङ्केत गर्छ । दिशा गर्दा दुख्ने वा रगत देखिनु निक्कै घातक मानिन्छ । यस्तो समस्या अधिकांशलाई ६० वर्षको उमेरपछि मात्र देखिन्छ ।

४- मुख भित्र सन्चो नहुने घाउ- धेरै प्रकारका क्यान्सर

अमेरिकी क्यान्सर उपचार केन्द्रका अनुसार मुख भित्र घाउ देखिनु र सन्चो नहुने भयो भने क्यान्सरको लक्षण हुन सक्छ । यसलाई मुखको क्यान्सर भनिन्छ । मुखको क्यान्सर भएपछि मुख भित्र भएका साना साना घाउ हप्तौँ वा महिनौँ सम्म सन्चो हुँदैनन् । दुखाइ नभए पनि यस्तो घाउ रहिरहने समस्या क्यान्सरको लक्षण हो ।

५- निल्न समस्या- खाना नलिको क्यान्सर

खाना निल्न समस्या भइरहेको छ भने सचेत हुनुस् । यो तपाईँको खाना नलीमा क्यान्सर भएको सङ्केत हुन सक्छ । नियमितरुपमा खाना निल्न समस्या हुन थाल्यो भने चिकित्सककोमा गइहाल्नुस् । वजन घट्नु पनि यो क्यान्सरको अर्को लक्षण हो ।

६- रहस्यमय रुपमा वजन घट्नु : धेरै प्रकारका क्यान्सर

अधिकांश क्यान्सरको साझा लक्षण मानिन्छ वजन घट्नु । यदि तपाईँको शरीरमा रहस्यमयरुपमा वजन घटिरहेको छ भने यो विभिन्न क्यान्सरको लक्षण हुन सक्छ । अमेरिकी क्यान्सर सोसाइटीका अनुसार वजन घट्नुको कारण खुल्न सकेन भने यो क्यान्सरको लक्षण हुन सक्छ ।

७- पिसाबमा रगत- प्रोस्टेट क्यान्सर

पिसाब गर्दा अनपेक्षितरुपमा पोल्ने र थोरै थोरै पिसाब आइरहने जस्ता लक्षण तपाईँलाई प्रोस्टेटमा समस्या भएका सङ्केत हुन सक्छन् । पिसाब गर्दा रगत देखिनु वा दुखाइ हुनु पनि यस्तो लक्षण हुन सक्छ ।

८- अनावश्यक टुडुल्को उठ्नु

कुनै पनि शरीरको भागमा अनावश्यक टुडुल्को उठ्न थाल्यो वा बढ्दै गयो भने यो पनि तपाईँको शरीरमा क्यान्सरको लक्षण हुन सक्छ । अधिकांश क्यान्सर यस्तै टुडुल्को बढ्दै गएपछि पत्ता लाग्ने गरेका छन् । स्तन क्यान्सर, अण्डकोष क्यान्सरका लक्षणकोरुपमा यस्ता टुडुल्का देखिन सक्छ ।

९- रहस्यमय दुखाइ- धेरै प्रकारका क्यान्सर

शरीरमा असामान्य अवस्था आउँदा दुखाइ हुनु सामान्य विषय हो । तर शरीरको कुनै पनि भागमा विना कारण दुखाइ महसुस हुन थाल्यो भने होस् गर्नुस् यो क्यान्सरको लक्षण हुन सक्छ । ब्रेन ट्युमर हुनेलाई टाउको दुख्ने, कोलोन क्यान्सर हुनेलाई ढाड दुख्ने र पाठेघर वा गुदद्वारको क्यान्सर हुनेलाई पनि पछाडिको भागमा दुखाइ हुन सक्छ ।

१०- दिसा/पिसाबमा रगत- गुदद्वार क्यान्सर

दिशा वा पिसाबमा रगत देखिनु खतरनाक हो । खास गरी दिशामा रगत देखियो भने यसले तपाईँको ठुलो आन्द्राको अन्तिम भाग वा गुदद्वारमा क्यान्सर भएको हुन सक्ने सङ्केत दिन्छ । पिसाबमा रगत देखियो भने चाहिँ प्रोस्टेट क्यान्सरको लक्षण पनि हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस