कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या घट्न सकेन,हेर्नुहोस पछिल्लो २४ घण्टाको विवरण

काठमाडाैं- काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर १५ प्रतिशतमा झरेको छ । सङ्क्रमण दर घटेसँगै कोरोना परीक्षण गर्न आउने नागरिकको सङ्ख्या पनि घटेको छ । पहिले दैनिक एक हजार व्यक्तिको परीक्षण गरेको महानगरपालिकामा अहिले मुस्किलले दुई सयले परीक्षण गर्ने गरेका छन् ।

पछिल्लो २४ घन्टामा ४२ जना कोरोना संक्रमितको निधन भएको छ। नेपाली सेनाद्वारा विभिन्न मितिमा गरिएको शव व्यवस्थापनको तथ्याङ्कसहित मन्त्रालयका अनुसार आज थप ४२ जनाको ज्यान गएको हो। यो सँगै नेपालमा कोरोना संक्रमणपछि ज्यान गुमाउनेको संख्या ९ हजार ५१ पुगेको छ।

गत २४ घण्टाभित्र नेपालमा थप तीन हजार ८५३ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्। यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या पाँच लाख ८८ हजार १८७ पुगेको छ। पछिल्लो २४ घण्टाभित्र नेपालमा थप २४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११६४० परीक्षणबाट उक्त संख्यामा संक्रमित भेटिएका हुन्।

प्रतिक्रिया दिनुहोस