उपत्यकामा निषेधाज्ञा थप खुकुलो, भोलिदेखि सार्वजनिक यातायात जोर-बिजोर प्रणालीका आधारमा चल्ने

काठमाडौँ- उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउदै असार २१ गतेसम्म थप गर्ने निर्णय गरिएको छ ।भोलिबाट २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीको आधारमा चलाउन दिने निर्णय भएको छ ।

तर सवारी साधनमा तोकिएको स्वास्थ्यका मापदण्ड पालना भने कडाइका साथ लागु गरिने स्थानीय प्रशासनले जनाएको छ ।अन्य साना सार्वजनिक सवारी साधनको हकमा भने नयाँ निर्णय गरिएको छैन ।

खाद्यान्नका पसल साँझ ६ बजेसम्म खोल्न दिने निर्णय भएको जिल्ला प्रसासन कार्यालय काठमाण्डौ द्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

हाल उपत्यकामा निजी सवारीसाधन र ट्याक्सीहरुलाई जोर–बिजोरको आधारमा तथा व्यापार व्यवसाय बारको आधारमा सञ्चालन हुँदै आएका छन् । कोरोना भाइरस संक्रमणका कारण काठमाडौं उपत्यकामा गत वैशाख १६ गते निषेधाज्ञा जारी छ ।।

 

प्रतिक्रिया दिनुहोस