भर्खर १९ बर्ष लागेकी यी युवतीले गरिन कसैले कल्पनै गर्न नसकिने काम, प्रहरी पनि परे चकित

उमेर भर्खर १९ बर्ष । तर उनले गरेको कामले सबै चकित । प्रहरीले पनि देख्ने बित्तिकै पक्राउ गर्नु पर्यो । कारण थाहा पाएपछि तपाई पनि अचम्ममा पर्नु हुनेछ । यी युवतीले सहजै पैसा कमाउने भएर आफ्नो भविश्य नै दाउमा लगाइन् ।

यो घटना उदयपुरको हो । त्यहाँ बेलका नगरपालिका ८ कोठु स्थितबाट १ केजी गाँ जा सहित यी युवतीलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भोजपुर हचुवागढी ४ कि १९ बर्षीया सुजता मग्राती रहेकी छन् ।

आइतबार अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दक्षिण तर्फ जादै गरेको बोलेरो पिकअपमा सवार रहेकी मग्रातीको जेब्रा झोलामा लु का ई ल्याएको गाँ जा १ केजी भेटाएको हो । मग्रातीलाई ईलाका प्रहरी कार्यालय रामपुर लगी थप अनुसन्धान भईरहेको छ ।

पछिल्लो समय त स्क र हरुले भर्खरका युवा युवतीलाई यस्तो कार्यमा प्रयोग गर्ने गरेको पाइएको छ । छिट्टै पैसा कमाइने लोभमा अन्जानमै युवा युवतीहरु यतातिर लाग्ने गर्दछन् । कतिपय अवस्थामा त उनीहरुलाई त्यो सामान के हो र यसको असली मालिक को हो भनेर पनि थाहा हुँदैन । साभार-इताजा ख़बर

यो पनि पढ्नु होस:-आजदेखि सार्वजनिक बस मात्र चल्न पाउने , के गर्न पाईन्छ के पाईदैन ? यस्ता छन अबको नियमहरु

काठमाडौँ, असार १५ गते । काठमाडौँ उपत्यकामा मङ्गलबार (असार १५ गते)देखि जोर–बिजोर प्रणालीका आधारमा सार्वजनिक सवारी साधन चल्ने भएका छन् । सोमबार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले २५ सिटभन्दा बढी सिट क्षमता भएका सार्वजनिक सवारी साधन जोर–बिजोरका आधारमा चल्न पाउने निर्णय गरेको हो ।

गत वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा बिस्तारै खुला बनाउने गरी सार्वजनिक यातायात खुला गरिएको हो । यसअघि पसल खुला गरिएको थियो तर सवारी साधनमा भौतिक दूरी कायम गर्नेलगायतका स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडाँैले जनाएको छ ।

२५ सिट क्षमताभन्दा कमका साना सार्वजनिक सवारी साधन भने चल्न पाउने छैनन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा जारी निषेध आदेशअनुसार सार्वजनिक सवारी साधनहरू बिहान ६ः०० देखि साँझ ७ः०० बजेसम्म सञ्चालन गर्न पाउनेछन् ।

कुल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, सवारी साधनको प्रवेशद्वारमा सेनिटाइजरको व्यवस्था गर्ने, सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवार्य रूपमा सवारी साधन दैनिक निःसङ्क्रमित गर्नुपर्ने व्यवस्था गरिएको छ । उपत्यकामा निषेधाज्ञा थप एक साता थप भएको छ । खाद्यान्न पसल साँझ ६ः०० बजेसम्म खोल्न पाइनेछ । यसअघि खाद्यान्नका पसल बिहान ११ बजेसम्म मात्रै खोल्न पाउने व्यवस्था गरिएको थियो ।

जोर–बिजोर प्रणाली अव्यावहारिक’
यातायात व्यवसायी सङ्घसङ्गठनले सिट सङ्ख्या तोक्नु र जोर–बिजोर प्रणालीमा चलाउनु अव्यावहारिक भएको प्रतिक्रिया दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातयात मजदुर सङ्घ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले सोमबार संयुक्त विज्ञप्ति जारी गरी जिल्ला प्रशासन कार्यालयका निर्णय सच्याउन माग गरेका छन् । निर्णय नसच्याए आफूहरूले अवज्ञा गर्ने चेतावनी पनि उनीहरूले दिएका छन् ।

जोर–बिजोर प्रणाली हटाएर देशभर सबै खाले सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने २०६९ सालदेखि वैज्ञानिक भाडादर समायोजन नभएकाले तत्काल समायोजन गर्नुपर्ने र नगरिएको अवस्थामा असार १८ देखि स्वास्थ्य मापदण्ड अपनाएर सबै खाले सार्वजनिक यातायात सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ ।
व्यवसायीहरूले हवाई यातायातसमेत खुला गरिएको सम्बन्ध सार्वजनिक सवारीलाई मात्रै निषेध गर्न खोज्नुले गम्भीर सङ्कट उत्पन्न हुने दाबी गरेका छन् । साथै यातायात मजदुरलाई खोपमा प्राथमिकता दिने सन्दर्भमा भएका सहमति तत्काल कार्यान्वयन गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस