विवाह भएको १७ मिनेटमै वेहुलाले यस्तो दाइजो मागे की उपस्थित सबै चकित परे जन्ती आएका सबैले यस्तो भन्नथाले

काठमाडौ । भारतमा अहिले एउटा विवाहको निकै चर्चा भएको छ । महामारीकाबीच निकै सावधानीका साथ परिवारका थोरै सदस्य भेला भएर गरीएको यो विवाह अरुका लागि पनि उदाहरण हुन सक्छ भनेर निकै चर्चा भएको हो । भारत यूपीको शाहजहांपुरमा भएको यो विवाह केवल १७ मिनेटमा सकिएको थियो । यो विवाह यस कारण चर्चित भयो की विवाहमा वेहुलाले वेहुलीका परिवारसंग अचम्मको दाइजो लिए ।

विवाह सामान्य तरिकाले धेरैले गर्छन त्यो कुनै ठूलो कुरा भएन तर वेहुलाले दाइजोको रुपमा जे मागे त्यो भने धेरैलाई अचम्म बनाउने खालको छ । यो अनौठो विवाह पटनाको एक मन्दिरमा सम्पन्न भएको हो । विवाहमा न धेरै जन्ति थिए न बाजागाजा थिए । घरका केही सदस्यको अगाडी वेहुला वेहुलीले मन्दिरको सात पटक परिक्रमा गरेर र सिन्दुर लगाए । उनीहरुको मुख्य उद्देश्य भारतमा कुरीतीको रुपमा रहेको दाइजो प्रथा उन्मुलन गर्नु थियो ।

उनीहरुले अपनाएको यो तरिकाको अहिले सो क्षेत्रमा निकै चर्चा भएको छ । खासमा थाना कलान क्षेत्रका सनाय गाउँमा बस्ने पुभेन्द्र दुवे उनी गाउँमा शिक्षण संस्था चलाउँछन् । उनी दाइजो प्रथा विरोधी हुन् । उनको विवाह हरदोईकी प्रीति तिवारीसंग भएको हो । उनले विवाह तय भए देखि नै आफुले दाइजो नलिने बताउँदै आएका थिए । पटनाको एक देवी मन्दिरमा उनीहरुले सामान्य तरिकाले विवाह गरे । विवाह १७ मिनेटमै सम्पन्न भएको थियो ।

उनले दाइजो लिन्न भनेर निकै इन्कार गरेपछि पनि वेहुली तर्फका आफन्त मान्दै मानेनन् । अनि उनले वेहुलीका परिवारसंग अचम्मको दाइजो मागे । त्यो थियो रामायणको किताव । वेहुलीको माइतीले निकै कर गरेपछि उनले रामायणको किताब मागेका थिए । उनको यो तरिका देखेर त्यहाँ उपस्थित सबै चकित परे । भुपेन्द्र र प्रीतिले आफुहरुको विवाह समाज परितर्वतका लागि एक उदाहरण बनाउन चाहेको बताए । अरुलाई पनि दाइजो रहित विवाह गर्न उनीहरुले सल्लाह दिएका छन् ।

प्रतिक्रिया दिनुहोस