कोरोनाभाइरसबाट बच्न आश्चर्यजनक उपाए , गाईको पिसाब र गोबर , प्रयोग गर्ने विधिसहित

जेन्सी । कोरोनाभाइरस अहिले विश्वभर संकट सृजना गरेको छ। चीनको वुहान शहरबाट फैलिएको कोरोनाभाइरसले अहिलेसम्म तीन सय चार जना मानिसको मृत्यु भैसकेको छ भने हजारौं मानिसहरु संक्रमित भैसकेका छन्।

भाइरस २६ भन्दा बढी देशहरुमा फैलिसकेको छ। विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसका कारण विश्वभर स्वास्थ्य संकटकाल घोषणा गरेको छ। विश्वभरका वैज्ञानिकहरु यस भाइरसको संक्रमणबाट बच्न र यसको उपचार खोज्न दिन रात कसरत गरिरहेका छन्। यसैबीच भारतका एक स्वामीले यस भाइरसबाट बच्न एक आश्चर्यजनक उपाए बताएका छन्।

उनले यस भाइरसबाट बच्न शरीरमा गौ मुत्र अर्थात् गाईको पिसाब र गोबर दल्ने सल्लाह दिएका छन्। यस्तो गजबको उपाय दिने भारतका स्वामी चक्रपाणि महाराज हुन्। उनी हिन्दू महासभाका अध्यक्ष हुन्।

शुक्रबार एक कार्यक्रममा उनले कोरोनाभाइरससँग लड्न शरीरमा गाईको पिसाब तथा गोबर दल्ने उपाए बताएका हुन्। उनी भन्छन्, ’यदि कसैले ओम नम शिवाय स् भन्दै शरीरमा गाईको गोबर र पिसाब दल्छ भने उ भाइरसको संक्रमणको जोखिमबाट बच्ने गर्दछ ।’

प्रतिक्रिया दिनुहोस