भोलीबाट नयाँ आइपिओ निष्कासन हुदैँ हेर्नुहोस कति कित्ता सम्म आवेदन दिन मिल्ने

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि असार १७ गतेबाट ३ करोड ८९ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्दैछ। यो लघुवित्तले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतबराबरको आईपीओ निष्कासन गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकितदरका कुल ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ।

कुल कित्तामध्ये जारी पुँजीको ०.५ प्रतिशत सेयर कर्मचारीहरुलाई र कुल निष्कानको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी ३ लाख ६३ हजार ४९२ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।यो आईपीमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखाहरुबाट तथा मेरो सेयर पोर्टलबाट अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत यस आईपीओमा आवेदन दिन सकिनेछ। भोलीबाट आवेदनका लागि खुल्ला गरिने यस आईपिओमा लगानीकर्ताको ठूलो सहभागीता हुने छ । यसअघिका आइपिओहरुमा पनि लगानिकर्ताको सहभागिता बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस