२२ हजार किलोमिटर प्रतिघण्टाको गतिमा २५० मिटरको विशाल एस्टोरोइड पृथ्वीतर्फ आउँदै

काठमाडौं। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले २५० मिटरको विशाल एस्टोरोइड २२ हजार किलोमिटर प्रतिघण्टाको गतिमा पृथ्वीतर्फ आइरहेको र यो भोलि बिहीबार पृथ्वीको सबैभन्दा नजिकबाट जाने बताएको छ ।

नासाले यो एस्टोरोइडलाई २००६ देखि निगरानी गरिरहेको थियो । यो एस्टोरोइड गोल्डेन गेट ब्रिजभन्दा अग्लो भएको बताइएको छ । यो एस्टोरोइडलाई ‘२०२१ जीएम ४’ नाम दिइएको छ ।नासाका अनुसार यो एस्टोरोइड ११० मिटरदेखि २५० मिटरसम्म फराकिलो हुन सक्छ ।

यसको पहिचान सबैभन्दा पहिले १० अक्टोबर २०२० मा भएको थियो । यसअघि यस्तै किसिमको एस्टोरोइड २०२० डिएम ४ २०२० को मे महिनाका पृथ्वीको कक्षनजिकैबाट गएको थियो । वैज्ञानिकको अनुमान अनुसार अहिले आइरहेको उस्टोरोइड बिहीबार जुलाइ १ का दिन पृथ्वीको छेउबाट जान सक्छ ।

अहिले यसले ६.२९ किलोमिटर प्रतिसेकेण्डको गतिमा यात्रा गरिरहेको छ ।नासाले यसलाई खतरनाक एस्टोरोइडको श्रेणीमा राखेको छ । यो एस्टोरोइड पछिल्लो दिनमा पृथ्वीनजिक आउने एस्टोरोइडमध्ये तेस्रो हो । नासाले अहिले २ हजार यस्ता एस्टोरोइडको निगरानी गरिरहेको छ जो पृथ्वीका लागि खतरा बन्न सक्छन् ।

यदि कुनै तीब्र गतिको अन्तरिक्ष वस्तु पृथ्वीभन्दा साढे ४६ लाख माइलको दूरीमा आउन सक्छ भने त्यसलाई खतरनाक मानिन्छ । आगामी १०० वर्षको लागि २२ यस्ता एस्टोरोइड छन् जो पृथ्वीसँग ठोक्किन सक्ने न्यून सम्भावना छ । डिसीनेपालमा खबर छ ।

प्रतिक्रिया दिनुहोस